थापा क्षेत्रीहरूको एक कुलघरान From Wikipedia, the free encyclopedia
बगाले थापा वा बगाल्या थापा खस समुदायको क्षेत्री थापाहरूको एक कुलघरान हो । नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली थर थापाको एक उपसमुह हो । यिनीहरू क्षेत्री वर्गका भारोपेली भाषी पर्वते खस हुन् । राजा कालु थापा आत्रेयगोत्री बगाले थापाहरूका मूलपुरुष हुन् । यिनीहरूको गोत्र आत्रेय हो । यिनका बान्धव पौडेल, कालिकोटे खड्का, पानी पोखरेल, अर्याल, आदि हुन् ।[2] नेपालको राजनीतिक आत्रेयगोत्री थापा वंश (भीमसेन थापा परिवार) र पौडेल ब्राह्मणहरू (रङ्गनाथ पौडेल परिवार) नेपालको राजनीतिमा विशेष दख्खल राख्दथे।[3][4]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा (खस कुरा) | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म[1] | |
सम्बन्धित जातीय समूह | |
पौडेल, कालिकोटे खड्का, पानी पोखरेल, अर्याल |
गोरखा राजवंशावलीका अनुसार बगाले थापाहरू जुम्लामा रहँदा शक्तिशाली देखिन्छन् ।[5] थापा वंशावलीका अनुसार श्रीशाके ११११ (वि.सं. १२४६) मा डोटीको कांडामालिकामा आत्रेय गोत्रका राजा कालु थापाले राज्यारोहण गरेका थिए।[6][7] उनी त्रिप्रवर शुक्लयजुर्वेदी, धनुर्वेदी मध्यान्दिनी शाखाअध्यायी नामक उपाधिधारक राजा थिए।[6] तिनै मूलपुरुष कालु थापाका सन्तानहरू वर्तमानको आत्रेयगोत्री बगाले थापा भनी चिनिन्छन्।[8] पुलाचौर, म्याग्दी मा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकम, म्याग्दीमा माहिँला तारापति थापा, रुकुमकोट, रुकुममा साहिँला विरु थापा र ज्यामरुककोट, म्याग्दीमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।[6] थापा वंशावलीको एक कथनः
... श्रीशाके ११११ सम्वत् १२४६ साल देषि थापाहरूका सन्तति कुलका आदि कालु थापा हुनः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिँला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिँला हुनः ।। रुकुमकोटका साहिँला हुनः ।। जमरिकका कान्छा जशोधर (धर्मराज) हुनः तिनले जमरिकमा राज्य पनि गर्याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।।...[6]
तर चन्द्रप्रकाश बानियाँले ३ भाइहरू पुण्याकर, तारापति र धर्मराज क्रमशः पुला, ताकम र ज्यामरुककोटका राजा हुन् भनी लेखेका छन् भने रुकुमकोटका विरुको नाम उल्लेख छैन।[7] कर्णाली प्रदेशबाट उत्पत्ति भएका बगाले थापाहरू पश्चिमबाट पूर्व सर्ने क्रममा गण्डकी प्रदेशमा प्रवेश गरेका थिए।[9]
बगाले थापाहरू इतिहासदेखि सशक्त पदहरू जस्तै मुखिया, जिम्मल, पञ्चप्रधान, बडाहाकिम, काजी आदिबाट सुशोभित छन् । उनीहरू नेपाली राजनीतिको वृतमा अग्रज देखिन्छन् ।[10] १८ औँ शताब्दीमा बगाले थापाहरू प्रशासनिक एवम् सैनिक कार्यभारमा दक्ष मानिन्थे ।[11] त्यसैले पलाञ्चोकका बगाले थापाहरूका अग्रज काजी काशीराम थापालाई कान्तिपुरका राजा जयप्रकाश मल्लले राज्य नियन्त्रण गर्न र गोरखाली सेनाहरूलाई पराजित गर्न नियुक्त गरेका थिए ।[12][11] काशीरामलाई छली गरी गौरीघाटमा मृत्युदण्ड दिएपश्चात पलाञ्चोके थापाहरूले गोरखाका लागि युद्ध लडे र नेपालको एकीकरणमा भाग लिए ।[12]
ज्युँदो बाघ भनिएका राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा पनि बगाले थापा हुन् ।[13] उनी पलाञ्चोकको युद्धमा वीरगति पाएका गोरखाका बाघ बुढा भीमसिंह थापाका छोरा हुन् । उनले स्वयम् पनि सम्पूर्ण नेतृत्व लिँदै लम्जुङ्ग देखि काँगडासम्म विजय गरेका थिए । अमरसिंहका पुत्र रणजोर सिंह थापा पनि नेपाल-अंग्रेज युद्धका सर्जक हुन् भने पुत्र रणध्वज थापा काठमाण्डौ केन्द्रका सहायक काजी थिए । त्यसैगरी राष्ट्रिय विभूति मुख्तियार जर्नेल भीमसेन थापा गोरखाको बगाले थापा काजी वीरभद्र थापाका नाति हुन् । वीरभद्र थापाले नेपालको एकीकरणमा सिन्धुलीगढीको युद्धमा इस्ट-इन्डिया कम्पनीलाई पराजित गरेका थिए । उनका कान्छा छोरा र भीमसेनका पिता सानुकाजी अमरसिंहले नेपाली-तिब्बत युद्ध लडेका थिए । भीमसेनले पनि १९ औँ शताब्दीमा केन्द्रिय राजनीतिक शक्तिमा थापा खलकको उदय गराएका थिए । उनका भतिजा माथवरसिंह थापा पनि नेपालको प्रधानमन्त्री हुन् [13] भने भतिजी महारानी नायबी ललित त्रिपुरा सुन्दरी हुन् ।
त्यस्तै भीमसेनका भाइ नैनसिंह थापा भारदार र जनरल थिए । उनी थापाथली दरबारका मालिक थिए । अर्का भाइ रणवीर सिंह थापाले नेपाल-अंग्रेज युद्धमा मकवानपुर देखि हरिहरपुरसम्मको मोर्चा सम्हालेका थिए । नैनसिंहका जेठा छोरा काजी उजीर सिंह थापाले पाल्पामा अंग्रेज विरूद्ध गरेको रणनीतिक चतुर्याइँ चरितार्थ छ । पछिल्लो समयमा नेपाली सेनाका प्रधान सेनापति भएका धर्मपालवरसिँह थापा पनि बगाले थापा नै हुन् ।[13]
यिनीहरूले नेपालको कुल जनसङ्ख्याको ठूलै हिस्सा ओगेटेको छन् । म्याग्दी जिल्ला, बाग्लुङ जिल्ला, पर्वत जिल्लामा यिनीहरूको पूर्वजको शासन रहँदा त्यहाँ बगाले थापाहरूको ठूलो बस्ती छ । गोरखाको बोर्लाङ गाविसमा ऐतिहासिक बगाले थापा वंशजहरूले बसोबास गरे । यिनीहरूलाई जुम्ली खस मानिने हुनाले मध्यपश्चिम नेपालतिर पनि बगाले थापा पाइन सक्दछन् । उनीहरू ठूला दरबारिया परिवार बन्न पुगे र काठमाण्डौको थापाथलीमा बसोबास गर्न पुगे। यिनै परिवारका काजी नैनसिंह थापाले थापाथली दरबार निर्माण गरेका हुन् । ओखलढुङ्गा जिल्लाको पोखरे गाविसमा पर्ने हिलेछाप चिसङ्खुगढीमा बगाले थापाहरू लामो समयदेखि बसिआएका छन् । त्यसैगरी धादिंग जिल्लाको कर्किडाडा, सिम्ले ,रानिबारी तथा रामेछाप जिल्लाको भलुवाजोर अनि सिन्धुली जिल्लाको अमारेमा पनि बगाले थापा धेरै अघि देखि बसोबास गर्दै आएका छन् l सिन्धुपाल्चोक जिल्लाको बतासे र थाङपाल्कोटमा धेरै अघि देखी बसोबास गर्दै आएका छन् ।
पूर्वी नेपालमा निम्न कथन एवम् परम्परा प्रचलित छ। नौ मुरी चामल नङले उधार्नुपर्ने र अमलाको पातको सङग्रह गर्ने झन्झटले मष्टो पुजा (देवाली) त्यागी भीमसेनको पाँच पत्थर घरमा स्थापित गरी पुजा गर्न थाले। दसैंमा घटस्थापनाको दिन देखि बली दिने राँगोको क्रियापुत्री बस्न एक खस बाहुन मनोनित गर्छन्। फुलपाती डोलीमा चढाई बाजा बजाउँदै भित्र्याउँछन्। कालरात्रीको दिन प्रत्येक बगालेको घरबाट एक पुरूष प्रचण्ड व्रत बस्छन् र रातमा कालरात्रीमा मौलो पुजा गरी राँगो बली दिई विधिपूर्वक मनाउँछन्। नेपालका शाह वंशका राजाले हिलेछाप, पोखरेका बगाले थापा क्षत्रीलाई मौलो दिएको पूर्वी नेपालमा प्रचलित छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.