नेपाली काजी एवम् जेठाबुढा From Wikipedia, the free encyclopedia
काजी वीरभद्र थापा नेपाल एकीकरणमा भाग लिने सैनिक अधिकारी थिए । कीर्तिपुरको युद्धमा उनले दलमर्दन शाह, दलजित शाह, कालु पाण्डे र तुलाराम पाण्डेसँगै भाग लिएका थिए ।[1] पृथ्वीनारायण शाहको एकीकरण अभियानमा बाधा पुर्याउन अङ्ग्रेज सिन्धुलीगढी आएका थिए ।[2] ढुङ्ग्रेबाँसमा युद्धको नेतृत्व वीरभद्रले गरेका थिए । उनी नुवाकोटको युद्धमा भाग लिने अग्रज भारदार मध्ये एक हुन् ।[2]
काजी वीरभद्र थापा | |
---|---|
सैन्य सेवा | |
निष्ठा | गोरखा राज्य, नेपाल |
श्रेणी | सरदार |
लडाई/युद्धहरू | नुवाकोटको युद्ध, कीर्तिपुरको युद्ध, नेपाल एकीकरण |
थापा वंशावलीका अनुसार वीरभद्र थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । बडाकाजी अमरसिंह थापा पनि २३ औँ पुस्ता हुन भनी लेखिएको छ । उक्त वंशावली अनुसार उनी विक्रम थापाका नाति र विजय (बिजै) थापाका छोरा देखिन्छन् ।[3] तर इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार वीरभद्र विक्रमका छोरा हुन् र त्यसको साबित एक पत्रले गरेको छ: विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा थर बगाल्या वतन गोर्षा अमरसिँह थापा।[3]
उक्त पत्रमा उल्लेखित अमरसिंह थापा सानुकाजी हुन् । वीरभद्रका जम्मा तीन छोराहरू: जीवन थापा, वंशराज थापा र अमरसिंह थापा (सानुकाजी) हुन् ।[4] जीवन थापाको मृत्यु कालु पाण्डेसँगै कीर्तिपुरको युद्धमा भएको थियो । उनका नाति भीमसेन थापा नेपालको प्रथम मुख्तियार बन्न पुगे ।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.