थर From Wikipedia, the free encyclopedia
पोखरेल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । पोखरेल थर नेपाल तथा भारतका बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। पोखरेलहरू दुई कुलघरान; पानी पोखरेल र दुध पोखरेलमा विभाजन भएका छन् । पानी पोखरेलहरूको गोत्र आत्रेय गोत्र हो । उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। दूध पोखरेलहरूको गोत्र भारद्वाज गोत्र रहेको छ।
जम्मा जनसङ्ख्या | |
---|---|
३ लाख [१] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
अधिकारी, पौडेल, भट्टराई, थापा बगले |
आजसम्म प्राप्त प्रामाणिक शास्त्रहरूमा वेदलाई सर्वप्राचीन ग्रन्थ मानिएको छ । वेदोखिलो धर्ममूलम् यो उपनिषदको उद्घोष हो । यसरी हेर्दा मानव सभ्यताको सर्वप्राचीन ऐतिहासिक ग्रन्थ वेद नै हो भन्ने कुरा प्रस्ट हुन्छ । संसारभरका इतिहास एवंं पुरातत्वविद्हरूको अध्ययन अनुसन्धान अनुसार सृष्टिदेखिको विश्वको इतिहास बताउने पहिलो ग्रन्थ वेद नै हो । कतिपय पश्चिमेली विद्वान्हरूले वेदको उद्भव र महत्त्वलाई स्विकारेका छन् । उनीहरू इसापूर्व ६००० देखि २००० सम्मको समयलाई वेदको रचना काल वा उद्भव काल मान्दछन् । प्रो. म्याक्समुलर, कीथ, ग्रासम्यान, मेकडोनेल आदि विद्वान्हरू यस मतका अनुयायी हुन् ।
आत्रेयगोत्रीय पोखरेलका आदि पुर्खाको उल्लेख भएको सबभन्दा पुरानो ग्रन्थ वेद हो । वेदमा अत्रि, आत्रेय, अर्चनानस, श्यावाश्व आदि ऋषिहरूको उल्लेख यत्रतत्र पाइन्छ । चार वेदमा त्यसैगरी यजुर्वेदमा पनि अत्रिभौम आत्रेय, अत्रिदुहिता आत्रेय, विश्ववारा आत्रेयी, इष आत्रेय, वसुयु आत्रेय, श्यावाश्व आत्रेय, स्वास्त्यात्रेय, बुध गविष्ठर आत्रेय, प्रतिक्षत्र आत्रेय, आदि नामहरू रहेका पाइन्छन् । त्यस्तै सामवेदमा बुधगविष्ठर आत्रेय, श्यावाश्व आत्रेय, अत्रिमौम आत्रेय, आदि नामहरू रहेका देखिन्छन् भने अथर्व वेदमा पनि आत्रेय”पिता अत्रिको नामोल्लेख भएको देखिन्छ ।
सबभन्दा पुरानो ऋग्वेद हो । यसको पञ्चम मण्डल पूर्णतः आत्रेयमण्डलकै रूपमा देखिन्छ । यस मण्डलका सूक्तहरूमा विभिन्न नामबाट आत्रेयहरूको उल्लेख भएको पाइन्छ । उदाहरणका लागि केही नाम लिन सकिन्छ, जस्तै बुधगविष्टर आत्रेय, कुमार आत्रेय, बसुश्रुत आत्रेय, प्रयस्वान् आत्रेय, अत्रिभौम आत्रेय, अर्चनानस आत्रेय, श्यावाश्व आत्रेय, आपाला आत्रेयी आदि । यी बाहेक अष्टममण्डलका केही सूक्तहरूमा पनि आत्रेयहरूको नामोल्लेख भएको पाउन सकिन्छ । [२]। त्यसैगरी यजुर्वेदमा पनि अत्रिभौम आत्रेय, अत्रिदुहिता आत्रेय, विश्ववारा आत्रेयी, इष आत्रेय, वसुयु आत्रेय, श्यावाश्व आत्रेय, स्वास्त्यात्रेय, बुध गविष्ठर आत्रेय, प्रतिक्षत्र आत्रेय, आदि नामहरू रहेका पाइन्छन् । त्यस्तै सामवेदमा बुधगविष्ठर आत्रेय, श्यावाश्व आत्रेय, अत्रिमौम आत्रेय, आदि नामहरू रहेका देखिन्छन् भने अथर्ववेदमा पनि आत्रेय”पिता अत्रिको नामोल्लेख भएको देखिन्छ । यसरी वेदमा यत्रतत्र आत्रेयहरूको नामोल्लेख हुनु र उनीहरू मन्त्रद्रष्टा ऋषिका रूपमा प्रतिष्ठापित हुनु हामी समस्त आत्रेयका निमित्त अत्यन्त गौरवको विषय हो, किनभने सर्वज्ञानमयो वेदः भनेर वेदलाई संस्कृति, धर्म, दर्शन, साहित्य, इतिहास आदि सम्पूर्ण ज्ञानको स्रोतका रूपमा मानेर त्यसको अनुशीलन गर्ने गरिएको छ । यसबाट के पनि थाहा पाउन सकिन्छ भने आत्रेयहरूको सर्वप्राचीन वंशावली वेद नै हो । त्यसैले वेदविहित कार्य गरी आफ्ना पूर्वजहरूको अनुसरण र अनुकरण गर्नु आत्रेयहरूको कर्तव्य हो भन्ने कुरा उनीहरूका व्यवहारले देखाउँदै आएको छ ।
पुराणहरू सम्यताको सूर्योदयदेखि नै ऐतिहासिक आख्यान भएका कारण विशेष प्रसिद्ध छन् । पुराणको अर्थ हुन्छ ‘पुरानो’ । पुराना आख्यानहरूको सङ्कलन गरिएको हुनाले यस्ता ग्रन्थको नाम पुराण रहेको हो । पुराना आख्यानहरू वैदिक कालमा पनि प्रचलित थिए यस कुरालाई ऋचः सामानि छन्दांसि पुराणं यजुषा सह भनेर अथर्ववेद संहिताले पुष्टि गरेको छ । ‘अथर्ववेद संहिता’को यस उक्तिबाट ऋग्वेद, सामवेद, यजुर्वेद र पुराणको आविर्भाव एकैसाथ भएको मान्न सकिन्छ । शतपथ ब्राह्मण, शाङ्करभाष्य र छान्दोग्योपनिषद् जस्ता ग्रन्थहरूमा पुराणको नामोल्लेख हुनुले पनि पुराणको प्राचीनता प्रमाणित भएको पाइन्छ ।
प्राचीन ग्रन्थहरूमा पुराण र इतिहासको घनिष्ठ सम्बन्ध रहेको कुरा उल्लेख भएको देखिन्छ । कतिपय आधुनिक विद्वान्हरू महाभारतलाई मात्र इतिहास मान्छन् तर कतिपय विद्वान्हरू र कौटिल्य समेतले पुराणलाई इतिहासको श्रेणीमा राखेको पाइन्छ । यसरी हेर्दा पुराण र इतिहासको क्षेत्र एउटै देखिन्छ । अतिरञ्जनात्मक प्रसङ्गलाई पन्छाउँदा पुराणले विश्व–ब्रह्माण्ड सृष्टिदेखि लिएर मानव सभ्यताका साथै प्राचीन आख्यान एवं घटनाहरूको वर्णन गर्ने हुँदा यिनलाई ‘प्राचीन इतिहास’ भन्नु उचित देखिन्छ । प्राचीन भारतवर्षको इतिवृत्त पुराणमा पाइने हुनाले यिनको सम्बन्ध आधुनिक इतिहाससँग पनि छ । यति हुँदाहुँदै पनि पौराणिक इतिहास र आधुनिक इतिहासलाई जोड्ने सेतु के हो र कहाँ छ भन्ने कुराको अध्ययन अनुसन्धान नहुनुले ‘पौराणिक इतिहास’ आधुनिक इतिहासबाट उपेक्षित देखिन्छ ।
अठार पुराण र अठार उपपुराणहरुका रचनाकार वेदव्यासद्वारा वेदलाई आधार मानेर रचना गरिएका पुराणहरूमा यत्रतत्र पानी पोखरेलका आदि पुरुष अत्रि र आत्रेयका बारेमा उल्लेख भएको पाइन्छ । श्रीमद् भागवत नवमस्कन्धको चौधौँ अध्यायको दोस्रो श्लोकले अत्रि ऋषिलाई ब्रह्माका मानसपुत्र मानेको छ भने गण्डकी महात्म्यको पृष्ठ १२२ मा पनि सो कुराको पुष्टि भएको छ । ब्रह्मर्षि वर्गमा पर्ने अत्रिलाई सप्तर्षिमध्ये एक मानिएको छ । प्रथम स्वायम्भुव मन्वन्तरमा यिनी सप्तर्षि गणमै प्रतिष्ठापित थिए भने वर्तमान वैवस्वत मन्वन्तरमा पनि यिनी सोही गणमै रहेका पाइन्छन् । यिनै अत्रिपुत्र आत्रेय हाम्रा गोत्र एवं वंश प्रवर्तक मूल पुरुष हुन् । ‘अत्रेः अपत्यं पुमान् आत्रेयः भन्ने विग्रहबाट ‘आत्रेय’ शब्दको व्युत्पति भएको छ । यस आधारमा हेर्दा ‘आत्रेय’ अत्रिकै पुत्र हुन्, अत्रिकै वंशज हुन् भन्ने देखिन्छ ।
आत्रेय’ ऋषिका सन्तान विभित्र थरबाट परिचित छन् । तिनमध्ये पानीपोखरेल पनि एक हो । प्रचलनमा आए अनुससार थरका अगाडि दुईवटा नामिक पद प्रयुक्त छन् ‘पानी’ र ‘दूध’ । पानी पोखरेलहरूको ‘आत्रेय गोत्र’ रहेको पाइन्छ भने ‘दूध पोखरेलको ‘भारद्वाज’ गोत्र’ । प्राः बालकृष्ण पोखरेलले पश्चिम नेपालतिर आत्रेयगोत्री दूध पोखरेल पनि पाइएको कुरा उल्लेख गरेका छन् । [३]
पुराणलाई आधार मान्दा आत्रेयहरु, मूलतः पानी पोखरेलहरूसंग ‘पानी’को नाता कति पुरानो छ भन्नेकुरा थाहा पाउन सकिन्छ —
यसरी ‘शिवपुराण’लाई आधार मान्दा ‘अत्रि’ ऋषिका अनसूयातर्फका पुत्रहरूमध्ये ‘आपोमूर्ति आत्रेय’ ‘पानी पोखरेल’का वंशपुरुष ठहरिन्छन् । यिनका छोरा अर्चनानस र नाती श्यावाश्व हुन् ।
आत्रेयहरूको ऐतिहासिकता पहिल्याउने क्रममा सोमनाथ आत्रेय (वि.स.५२०) लाई आत्रेहरुका ऐतिहासिक मूल पुरुष मानिएको छ । [५]। [६] अब आत्रेयहरू वंशावलीको सोपान चढ्दै सोमनाथसम्म पुग्नसक्ने भएका छन् । यस कार्यबाट पानी पोखरेललाई मात्र होइन आत्रेय गोत्र धारण गर्ने सबैलाई आआफ्नो वंशावलीमा जोड्न सरल भएकोछ ।
सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनी प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिर बनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । काबेरी नदीको बायाँ किनारमा ‘सोमनाथ पुरम्’ नामक नगर पनि यिनैले बसालेका थिए । यिनी ज्योतिर्लिङ्गको नित्य पूजा गर्ने गर्थे (पौडेल वंशावली २०६०ः १८) ।
यसरी ‘सोमनाथ’ आत्रेयहरूका ऐतिहासिक मूलपुरुष ठहरिएका छन् भने ‘पानी पोखरेल’का मूलपुरुष काशीदास/कुशभद्रा (वि.सं.९५०) ठहरिएका छन् । काशीदासको बारेमा केही टिपोटहरु निम्नानुसार छन्:
विभिन्न वंशावली र एेतिहासिक अनुसन्धानका आधारमा आत्रेय गोत्रधारीहरूका, किंवा पोखरेलहरूका पूर्वज सोमनाथ भट्ट रहेका देखिन्छन् । सोमनाथदेखि काशीदास (कुशभद्रा) सम्मका पूर्वजहरूको नाम यसप्रकार रहेको पाइन्छ ः
क्र.सं. | पूर्वजको नाम | विक्रम सम्बत् | कैफियत |
---|---|---|---|
१ | सोमनाथ | ५२० | (आत्रेयहरूका मूल पुरुष) |
२ | रङ्गनाभ | ५५८ | |
३ | पुरनाभ | ५९४ | |
४ | ब्रह्मनाभ | ६३१ | |
५ | प्रसरनाभ | ६८० | |
६ | भीमदेव | ७१८ | |
७ | पूर्णदेव | ७५६ | |
८ | देवदेव (देव शर्मा) | ७९१ | |
९ | कश्यपदेव | ८३५ | |
१० | विकुशभद्र प्रथम | ८५६ | |
११ | हरिशङ्कर | ८७७ | |
१२ | शिवशङ्कर | ८९७ | |
१३ | विकुशभद्र द्वितीय | ९२० | |
१४ | काशीदास (कुशभद्रा) | ९५० | पानी पोखरेलका मूल पुरूष |
काशीदास(कुशभद्रा) देखि कपिलदेवसम्मका पूर्वजहरू ः
क्रं.सं. | नाम | वि.सं. | कैफियत |
---|---|---|---|
१ | जयाकर | ९८० | |
२ | शिवदास | १००५ | |
३ | विष्णुदास | १०३० | |
४ | जयदास | १०५५ | |
५ | दिवोदास | १०७७ | |
६ | धर्मदास | ११०० | |
७ | देवाखर | ११२४ | |
८ | सेवाकर | ११५३ | |
९ | शेखर | ११८० | |
१० | होमकार/इमुकर | १२२० | |
११ | रघुनन्दन | १२४२ | |
१२ | भास्कर/सैगुणा | १२६५ | |
१३ | कपिलदेव | १२९० |
................. ....................... ........ . . .................. ............ .........
|
कपिलदेव पोखरेल खार्पा, जफे, जतनपुर, सिमपानी र सालुकका पोखरेलहरूका पूर्वज (पुर्खा) हुन् ।
पानी पोखरेल वंशको आराधना:
आरध्यदेव वा ईष्ट देव: महादेव(शिवजी) र पार्वती
कुलदेवता: कालामष्ट
ईष्टदेवता : विन्धवासिनी
कुलायन: १, शिरपति २, राम हृदय ३, परशुराम ४, सुशिला ५, जानुका ६, कुण्डला ७, जेमावती
थानी देवताः ८, कालामष्ठ ९, कुलायन १०, बिन्ध्यबाशिनी ११, आशामुखी (अलग्गै पुजा गर्ने) १२, पुरन गिरी १३, कल्याण गिरी ।
पाञ्चायान देवताः शिव पाञ्चायान (गणेश , भगवती देवि , श्रीहरि विष्णु , सूर्य नारायण र विचमा शिवजी)
(लगायत सबै भगवान, ईश्वर वा तेत्तीसकोटि देविदेवताहरु, पितृदेवता, मातृदेवताहरुको पुजा गर्ने चलनछ ।)
दुध पोखरेलहरू भारद्वाज गोत्रका हुन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.