थर (Malla) From Wikipedia, the free encyclopedia
मल्ल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। ऐतिहासिक कालमा कुस्तीयुद्द लाई मल्ल युद्ध भनिन्थ्यो । मल्ल युद्ध गरेर राज्य जित्नेहरु मल्ल राजा बने । मल्ल राजाका सूर्यवंशी /रघुवंशी भनेर लेखिएका अभिलेख भेटिन्छन । प्राचीन जछ्देव मल्ल को अभिलेख सुर्खेतमा भेटिएको छ । काठमाडौँ को भक्तपुर, ललितपुर र काठमाडौँ मा राज्य गर्ने मल्ल राजा प्राचीन काल खण्डमा चर्चित थिए । जुम्ला सिंजा का मल्ल राजाहरू आफ्नो राज्यकालमा शक्तिशाली राजा थिए । सिम्रौनगढका कर्णाटवंशीले नेपाल मण्डलमा राज्य गरेको इतिहास छ । पछि पृथ्वीनारायण शाहले नेपालको एकीकरण पछि उपत्यका मा रहेका मल्ल जाति नेवार जाति मा सम्मीलित भए । जुम्ला सिंजाबाट डोटी आएपछि यी मल्ल राजा डोटी आएको केहि कालखण्ड को अन्तमा शाही थर का बनेका थिए । डोटी पचनाली र बझांग का मल्ल जुम्लाबाट डोटी आएका चल्ल/मल्ल राजाका वंशज हुन् । डडेलधुरा पस्से गर्खाका चम्साली मल्ल र डोटी धुरकोटका मल्लहरु एकै वंशज हुन । यी मात्रै नभएर भिभिन्न कुल खान्दानकाहरूले पनि मल्ल लेखेको देखिएको र सुनिएको छ ।
खोज अनुसन्धान अनुसार तालिकामा राखेर विश्लेषण गर्दा
पुर्खा | थर | गोत्र | भन्नेगरेको वंश | कुलदेवता | बसोबास | बैबाहिक सम्बन्ध | सामाजिक मान्यता पुष्टिको आधार | |
---|---|---|---|---|---|---|---|---|
मल्ल र कर्णाट | मल्ल, प्रधानांग, प्रधान | मानव/मानव्य | सूर्यवंशी | तलेजु भवानी, दुमाजु भवानी | काठमाडौँ भक्तपुर ललितपुर | नेवार थकुजुजु र छथरी/क्षत्रीय श्रेष्ठ - जोशी, कर्माचार्य, राजभण्डारी, रघुवंशी, राजवंशी, पात्रवंशी, हाडा-चौहान, अमात्य, मास्के, राजवैद्य, कायस्थ, राठौर र अन्य छथरी कूल | थकुजुजु (ठाकुरराजा), थकुलानी (ठाकुररानी) | |
चल्ल | मल्ल | शौनक | सूर्यवंशी | मष्टो (टेडी, कैलाश, भुमिदेउली, जठे -----) | डोटी, बझांग | ठकुरीजाति पाल, चन्द, बम, शाह, सिंह----- | ठकुरी /सम्बन्धित समाज बाट | |
पाल | मल्ल | शौनक | सूर्यवंशी | मोहन्याल, कैलपाल | डोटी, डडेल्धुरा र कैलाली | ठकुरीजाति पाल, चन्द, बम, सिंह, शाह, शाही | ठकुरी सम्बन्धित समाजबाट | |
कोर, कुँवर | मल्ल | शौनक | सूर्यवंशी | कैलपाल, समैजी | डोटी, डडेल्धुरा र कैलाली | ठकुरी र खस जाति पाल चन्द, बम, सिंह, शाह, शाही | ठकुरी सम्बन्धित समाजबाट | |
मल्ल, रावल | मल्ल | शौनक | सूर्यवंशी | लाटा कलारी, भगवती | डोटी, डडेल्धुरा र कैलाली | ठकुरी र खस जाति पाल, चन्द, बम, सिंह, शाह, शाही | ठकुरी सम्बन्धित समाजबाट | |
काली/कालो पौडेल | मल्ल | अत्रि | ----- ? | मष्ट (बारहभाई मष्ट ) | बागलुङ, कालिकोट | ठकुरी जाति, खस छेत्री र मगर जाति सङ | पौडेल खस र मगर सम्बन्धित समाजबाट | |
----- ? | मल्ल | कश्यप | ----- ? | मष्ट (बारहभाई मष्ट ) | गुल्मी | ठकुरी जाति------ | ----------? | |
बोहरा (कुकुडे) | मल्ल | कौसिक | ---- ? | बासुदेबी | डोटी, कैलाली | वैश्य जाति कुन्जडा, खडायत, राना, धामी | वैश्य जाति सम्बन्धित समाजबाट | |
देउका / देउको | मल्ल | गर्ग | ----- ? | निग्लाशैनी | बैतडी देहिमंडू/ कंचनपुर बजार | वैश्य जाति -------- | वैश्य सम्बन्धित समाजबाट |
कार्तिकेय(मोहन्याल), केदार, कैलपाल, समैजी अन्तर्गतका देवता भएका मल्ल कत्युरी राजवंश का मल्ल हुन् । डोटी बोगटानका रजवारहरुका पूर्वज र यी मल्लका पूर्वज एकै हुन् । तेडी मष्टो अन्तर्गतका देवता भएका मल्ल रैका राजाका वंशज हुन् । अत्रि गोत्रीय मल्ल रासकोटी अन्तर्गत का मल्ल हुन् । कश्यप गोत्रीय मल्ल मंगोल हुन् । वैश्य मल्ल वैश्य खान्दानका हुन् ।
डोटी वोगटान क्षेत्रमा रहेका मल्लहरूको वंशावली अनुसार डोटी जोरायलबाट वोगटान गएको र समैजी कुलदेवता भनिएको छ ।[1] हर्कराज मल्ल (हिरासिं) डोटी बोगटान घाँगल नाय, द्वारा लेखिएको मल्ल वंशावली अनुसार सूर्यवंशी सवनय गोत्री डोटी बोगटान घाँगलका मल्लहरूको कुलदेवता समैजी हुन् । जसलाई घण्टेश्वर समैजी पनि भन्दछन् ।[2] घाँगल बुढाकोटको डाँडामा स्थापित सिकारी समैजी पनि यिनै मल्लका कुलदेवता मानिन्छन् । बर्तमानमा पनि जोरायलमा शौनक गोत्रका मल्ल धेरै छन् । जोरायलमा बसोबास गर्ने सबै मल्लहरुका कुलदेवता समैजी छन् । डोटी जोरायल खार, सेकुनीका मल्लका कुलदेवता भाडिको समैजी, खैगाड़को समैजी, भेटा समैजी छन् । डडेल्धुराको, कोटकाँडे, पिल्कोट, गुनपालक्षेत्रमा बसोबास गर्ने मल्लका कुलदेवता पनि समैजी छन् । यी जोरायलका मल्लहरु आफू नागी मल्ल वंशज भएको र डोटी पचनालीबाट आएको दावी गर्दछन् । यिनले जे भने पनि जोरायलका समैजी कुलदेवता भएका शौनक गोत्रीय, सूर्यवंशी मल्ल कत्युरी राजाका वंशज हुन् । यिनलाई कोर/रावलका मल्ल भने पनि जुम्लाका बलिराज लाई पनि रावल पद दिएको[3] इतिहास छ । बलि राजका वंशजका कल्याल शाही ठकुरी मानिन्छन । रावल राज्पुत्रको प्रयाबाची शब्द हो। डडेल्धुरा कोर गाउँ र गुनपालको धामी गाउँ का मल्ल कैलपाल र जगन्नाथ देवतासँग सम्बन्धित छन् । डडेल्धुरा को लम्कंडे भन्ने स्थानमा रहेका मल्ल पनि कैलपाल देवतासँग सम्बन्धित छन् र डडेलधुरा पश्यगर्खा तर्फका मल्ल हरु को देवता लाटो र भवानी सँग सम्बन्धित छन । शौनक गोत्रीय समैजी कुलदेवता भएका घाङलीमल्ल निमुवावोझी, मुडामा बस्छन् । चवालाका मल्ल दोधारा, वरहडिया, मुडा, वौनिया, हरिनगरमा बस्छन् । विठाडावाला मल्ल वौनिया, सरैया, देउकलिया क्षेत्रमा बस्छन् । कार्तिकेय (मोहन्याल) देवतासँग सम्बन्धित शौनक गोत्रीय मल्लको वंशज पण्डौनका मल्लहरु कैलालीको भजनी, निम्दी, मुनुवा क्षेत्रमा छन् । यी पण्डौन का मल्ल कार्तिकेय (मोहन्याल) लाई कुलदेवता मान्दछन । पण्डौन मल्ल खान्दानका मोहनराज मल्ल ७ नं. प्रदेशका प्रमुख छन् । यस परिवारमा चिनिएका मोहनराज मल्ल पंचायत कालमा पनि चर्चित व्यक्तित्व हुन् । सुर्खेतको मल्लकाँडामा भेटिएको अक्षदेव मल्लको वि.स. १३७२ को स्तम्भ लेख निकै खण्डित रहेको छ । तापनि यसको सम्वत शाके १२३७ र राजाको नाम अक्षदेव मल्ल लेखिएको हुँदा हालसम्म देखापरेका मल्लहरु मध्ये सबैभन्दा जेठो मल्ल जक्षदेव मल्ल (अक्षदेवमल्ल) ठहरिएकाले मानदेवको अभिलेखमा बर्णित मल्लपुर सुर्खेतलाई मान्न सकिन्छ ।
नेपाली समाजको मान्यता अनुसार मल्ल ठकुरी को थर हो । ठकुरी भएकै नाताले मल्ल को बैबाहिक सम्बन्ध पनि समान स्तरका अन्य ठकुरीसँग हुने गर्दछ । डोटी बोगटान का मल्लको उपल्लो वोगटानका बोगटी / बम सँग वैवाहिक सम्बन्ध पहिले देखि नै थियो । अझै पनि छ, तर डोटी तल्लो बोगटानमा बसोबास भएका कार्तिकेय (मोहन्याल) कुलदेवता मान्ने बम रजवार हरूको बोगटान क्षेत्रका मल्लसँग पहिलेका दिनमा बैबाहिक सम्बन्ध थिएन । अहिले केही समय यता आएर वोगटानका मल्लसँग पनि फाट फुट भएको छ । तर तल्लो वोगटानका बम ठकुरीहरूको वैवाहिक सम्बन्ध डोटीका शाही/शाह र पचनाली क्षेत्रका मल्ल, डौडका सिहसँग पहिले देखि थियो । डोटी रैका राजवंश नागी मल्लका सन्तानका मल्ल भनिने पचनाली, दियाली र तिछाडाका मल्लसँग डोटी बोगटान का ठकुरी रजवार हरूको र देउवा हरूको बिबाह पुरानै दिन देखि भएको पाईन्छ । बोगटान क्षेत्रका मल्लसँग देउवा हरूको पनि बिबाह थिएन । बर्तमानमा थाक्य-गल्या देउवाले समैजी कुलदेवता मान्ने मल्ल (रावल)संग बिबाह गरेपनि पुराना दिनमा मल्ल रावललाई आफू भन्दा सानो सम्झने र बिबाह नगर्ने गरेको इतिहास देउवाहरूको छ । रैका मल्ल /शाही भन्दा फरक कुल मानिने डोटी बोगटानका मल्लको सम्बन्धमा इतिहास र देवता जे जस्तो भएपनि वोगटान क्षेत्रको वुढाकोट, घाङल, चवाला, विठाडा र पण्डौन क्षेत्रका मल्लहरु ठकुरी कहलिन्छन् । पण्डौनी मल्लहरु बोगटान क्षेत्रका अन्य मल्ल भन्दा आफू फरक रहेको बताउँछन् । वर्तमानमा माथि उल्लेखित सबै मल्लको बिबाह डोटी बोगटानका बम, बोगटानका बोगटी रजवार, अछामी शाह, बझांगी सिंह, बैतडी चन्द डाँगका शाह , रासकोटी शाही, कल्याल शाही, शाह, राठौर, देउवा, दार्चुलाका पाल, नेपालका राणाहरूसँग भएको भेटिन्छ । तर वैश्य मल्लहरू भने आफ्नै जात मिल्ने तिनकै स्तरकाहरूसँग बिबाह गर्दछन ।
राजानान्यदेव
बैतडी डेमाडोको देउको भनिने बोरो महेन्द्रनगर बजारमा गर्ग गोत्र बताउने र मल्ल थर लेखेर बसेको छ । डोटी जिल्ला बासुदेवी गाउँ विकास समितिको देउकांडे बोरो (बोहरा) पनि मल्ल थर लेख्छन । यी बोहराका मल्ल थर लेख्नेहरु कौसिल्ला(कौशिक) गोत्र बताउने र मल्ल थर लेख्ने कैलाली जिल्ला अतरिया नगरपालिका दुर्गा लक्ष्मी उच्च मा.बि नजिक बस्छन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.