From Wikipedia, the free encyclopedia
वाचन शिरोमणि पं . नारायण प्रसाद पोखरेल
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नारायण प्रसाद पोखरेल नेपालका चर्चित पुराणवाचक पण्डित थिए। उनको माओवादी द्वारा रूपन्देहीमा हत्या भयो।
वि.स. २०१३ सालमा गोरखामा जन्मेका थिए ।
आफ्ना जीवनको ११३६ औँ भागवत कथा र धन धान्याचल महायज्ञ सम्पन्न भइरहेको समयमा बैशाख २३, वि.सं.२०६२ गते रामापुरमा हत्या गरिएको थियो । बी बी सी नेपाली सेवामा यस हत्यको जिम्मेवारी माओवादीको भातृसङ्गठन दलित मुक्ति मोर्चाले लिएको समाचार प्रसारित भएको थियो । पाल्पाको खानेपानी योगदानका लागि भागवत कथा तानसेनमा सम्पन्न गरी पं.पोखरेल रामापुर पुगेका थिए । तानसेन बजारमा पानीको व्यापक अभाव भएकोले तानसेन उनको प्राथमिकतामा थियो । रामापुर क्याम्पस रुपन्देहीको कथावचन सकेर दुई दिन पछि उनको रानीबास गुल्मीमा निर्माणाधीन क्याम्पसको सहयोगार्थ भागवत पुराणवाचन कार्यक्रम तय भएको थियो ।यस कार्यक्रमको प्रचार प्रसार समेत भइसकेको थियो ।तात्कालिक दुधराक्ष गाविसमा रहेको रामापुर क्याम्पसको स्तरोन्नति र भौतिक विकासका लागि महायज्ञ र कथावाचन आयोजना गरिएको थियो । त्यस क्याम्पसका अध्यक्ष डिल्लीराम ज्ञवाली थिए । पूजा समितिको आयोजक बालकृष्ण गैरे थिए । त्यहाँ कथावाचन गर्नु अघि दाङ्मा माआवादी नेताहरूले उनलाई दही खुवाएर स्वागत गरेका थिए । साथै माओवादी नेताहरूले उनको कथावाचनमा उनीहरूको कुनै आपत्ति छैन भन्ने आश्वासन समेत दिएका थिए ।
हत्याको समयमा उनी विश्व हिन्दु महासङ्घ नेपालका राष्ट्रिय अध्यक्ष पदमा थिए ।
जनस्तरबाट वाचन शिरोमणिको उपाधिले सम्मानित पं. पोखरेलले भगवान कथाको माध्यमबाट भौतिक विकास र अस्पश्र्यता निवारणको प्रयास गरेर हिन्दु धर्ममा एक जागरण ल्याइ दिएका थिए। उनको प्रवचन र भजन सुन्न राजा वीरेन्द्र र गणेशमान सिंह पनि गएका थिए । जहिले पनि हजारौं व्यक्तिहरु जम्मा हुने गर्दथे । भागवत कथा वाचनको ३० वर्ष अवधिमा उनले लगभग ८००० दिन निरन्तर कथा वाचन गरेका थिए । विश्व हिन्दु महासङ्घ मार्फत सक्रिय भएपछि उनको कथावाचन शैली अझ लोकप्रिय भई उन समाज सुधारका लागि समेत समर्पित थिए । सामान्य भन्दा सामान्य देखि विशिष्ट भन्दा विशिष्ट व्यक्तिहरूलाई उहा“ले सन्तुष्ट गर्न सक्थे । कथा भनेर स्कूल, क्याम्पस, अस्पताल, वृद्धाश्रम, सामाजिक भवन, बाटो, पुल र खानेपानी आदि दर्जनौं निर्माण कार्य गराउदै र कथाको माध्यमबाट अस्पश्र्यता निवारण कार्यलाई अभियानको रूपमा संचालित गरेका थिए । दक्षिणी अमेरिकामा रहेको सानो देश ट्रिनीडाडमा वि.सं.२०६१ मा सम्पन्न विश्व हिन्दु महासम्मेलन पछि उनले नेपाललाई विश्वका हिन्दुहरूको एकमात्र केन्द्रको रूपमा विकसित गर्ने परिकल्पना गरेका थिए । उनीबाट प्रभावित भएर साक्षर, निरक्षर, समाजसेवी, शिक्षक, कर्मचारी, व्यापारी, विद्यार्थी आदि अनेक वर्ग र पेशाका मानिसहरु उहा“को अभियानमा समावेश भएका थिए । उनलाई नेपालले धर्मशहीद घोषणा गरेको छ ।[1]
उनको हत्यको समाचार कान्तिपुर, काठमान्डु पोस्ट, अन्नपूर्ण पोष्ट , हिमाल पाक्षिक, घटना र विचार, साप्ताहिक विमर्श, जनसंघर्ष आदि राष्ट्रिय र स्थानीय पत्रिकाहरु तथा स्थानीय एफ एम राष्ट्रिय प्रसारण रेडियो र टी भी लगायत बी बी सी लन्दनबाट प्रकाशित र प्रसारित भएको थियो । [2][3][4][5][6][7][8]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.