From Wikipedia, the free encyclopedia
ब्रह्मा हिन्दु धर्मका तीन मुख्य देव(ब्रह्मा,विष्णु,महेश्वर) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ शिर मध्य १शिर शिवले काटिएको कथा हिन्दु सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माको साथमा सावित्रीलाई पनि देखाईन्छ । सावित्रीलाई ब्रह्माको पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप देवताको रूपमा देखिन्छ ।
उनको आायु निम्न त बुझ्न सकिन्छ
1 मानव वर्ष = एक दिव्य दिवस
30 दिव्य दिवस = 1 दिव्य मास
12 दिव्य मास = 1 दिव्य वर्ष
4,000वर्ष +400युगसन्ध्या +400युगसन्ध्यांश = 4,800 दिव्यवर्ष = 1 सत युग
3,000 + 300युगसन्ध्या + 300युगसन्ध्यांश = 3,600 दिव्य वर्ष = 1 त्रेता युग
2,000 + 200युगसन्ध्या + 200युगसन्ध्यांश= 2,400 दिव्य वर्ष = 1 द्वापर युग
1,000 + 100सन्ध्या+ 100सन्ध्यांश= 1,200 दिव्य वर्ष = 1 कलि युग
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब एक चतुर्युगी हुन्छ | हजार चतुर्युगीको ब्रह्माको एक दिन हुन्छ । त्यस पछि प्रलय हुन्छ । रात पनि हजार चतुर्युगीकै हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिनसङै नयाँ
सृष्टि पनि सुरुहुन्छ । ब्रह्माको दिनलाई कल्पपनि भनिन्छ | मत्स्यपुराण मा श्वेतवाराह आदि ३० वटा कल्पको वर्णन छ |यी श्वेतवाराहादि कल्पहरू हप्ताका वारहरू झैँ घुमिरहन्छन् | यसरिनै ब्रह्माको दिन वित्छ ।
धर्म शास्त्रमा १०० वर्ष ब्रह्माको आयु मानिएको छ हाल ब्रह्मा ५० वर्ष पुगेर पहिलो वर्ष , पहिलो अयन , पहिलो ऋतु , पहिलो मास , पहिलो पक्ष र पहिलो तिथि प्रतिपदातिथिको मध्यान्ह समयका भएका छन् |
Seamless Wikipedia browsing. On steroids.