विकिपिडिया:लेखन शैली
From Wikipedia, the free encyclopedia
लेखन शैली वा विकि शैली नेपाली विकिपीडियामा भएका सम्पूर्ण लेखहरू बनाइँदा वा लेखिँदा ध्यान दिनुपर्ने कुराहरू हुन्। विकिपीडियामा भएका लेखहरू सरल, सरस र अर्थपूर्ण हुनुपर्छ भन्ने 'लेखन शैली'को उद्देश्य हो र सम्पूर्ण लेखहरूमा लेख लेखिने तरिकामा एकरुपता बनाउनु यसको अर्को महत्त्वपूर्ण लक्ष्य हो।
यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |
लेखमा गार्हो, नबुझीने अति नै अफ्ट्यारो शब्द प्रयोग नगर्नुहोस् । लेखाइ सम्पूर्ण नेपाली भाषीहरूले बुझिने खालका हुनु अत्यन्त आवश्यक छ। व्याकरण हिसाबले पनि वाक्य शुद्ध हुनु आवश्यक छ।