From Wikipedia, the free encyclopedia
नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। २०१५ सालमा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा निगमले नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ 'डकोटा' विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली सङ्घद्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।[2][3]
| |||||||
स्थापना | २०१५ असार १७; शाही नेपाल वायुसेवाको रूपमा | ||||||
---|---|---|---|---|---|---|---|
केन्द्रीय विमानस्थल | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल | ||||||
उडान आकार | ७ | ||||||
गन्तव्यहरू | ३६ | ||||||
अभिभावक सङ्गठन | नेपाल सरकार | ||||||
प्रधान कार्यालयहरू | कान्तिपथ, काठमाडौँ | ||||||
प्रमुख व्यक्ति | सुशील घिमिरे (अध्यक्ष)[1] दिमप्रसाद पौडेल (प्रबन्ध निर्देशक) | ||||||
वेबसाइट | आधिकारिक वेबसाइट |
वि.सं २०१३ मा शाही नेपाल वायुसेवाका रूपमा एउटा डगलस डिसी-३ विमानका साथ निगमको स्थापना भएको थियो। सुरुमा निगमको सेवा आन्तरिकतर्फ सिमरा र पोखरा तथा भारतका पटना, कोलकाता र दिल्लीसम्म मात्र सीमित थियो। वि.सं २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।[4]
नेपालको भू-राजनीतिक परिस्थितीका कारण निगमका जहाजहरू खासगरी जहाज निर्माता मुलुकहरूबाट अनुदानका रूपमा उपलब्ध गराइएका थिए। वि.सं २०१४ र २०२० का बीच थप ७ डगलस डिसी-३ विमान भित्रिएको थिए। त्यसैगरी, चीनद्वारा दुईवटा फेङ सोउ-२ हार्वेस्टर विमान प्रदान गरिएता पनि ती विमानहरू नियमित सेवामा भने प्रयोग गरिएको थिएन। सिङ्गापुरबाट चार्टर उडानका निम्ति बेल हेलिकप्टर पनि भाडामा ल्याइएको थिए। रुसबाट पनि दुर्गम भेगमा नियमित उडानका लागि दुईवटा एमआई-४ हेलिकप्टर ल्याइएको थिए। आन्तरिक उडानको सञ्जाल व्यापक रूपमा विस्तार हुँदै गर्दा अन्तर्राष्ट्रिय तर्फ पनि तत्कालिन पूर्व पाकिस्तानको ढाकामा उडानको सुरुवात गरिएको थियो।[5] २०२२ मा फोक्कर एफ२७ टर्बोप्रप विमानलाई सेवामा प्रवेश गराइएको थियो।
२०२६ मा शाही नेपाल वायुसेवा निगमले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गराएको थियो। यसपश्चात् २०२७ मा ट्विन अटर र २०२८ मा बोइङ ७२७ विमानहरू सेवामा ल्याइएका थिए। २०४३ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्थापित गरेको थियो। २०४१ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो सङ्ख्या २०३५ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र लुफ्थान्सा जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले २०४३ मा काठमाडौँ र फ्रान्कफर्ट बीच सिधा उडान थाले पश्चात् अन्य वायुसेवाहरू पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक बनेका थिए।
त्यस समयमा शाही नेपाल वायुसेवाको सञ्जाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले बेलायती सेनामा कार्यरत गोर्खालीहरू बसोबास गर्ने हङकङमा बोइङ ७५७बाट सिधा उडानको थालनी गरेको थियो भने पछि शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौँ र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा बीच सिधा उडान सुरु गरिएको थियो।[5]
वि.सं २०४४-४५ मा ५.४३ करोड अमेरिकी डलरको कारोबार भएको निगमले १.७ करोड अमेरिकी डलरको नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठुलो रोजगारदाताका साथसाथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठूलो संस्था थियो। निगमले करिब १.५ करोड डलर विदेशबाट भित्र्याएको थियो। निगमका कुल यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। त्यस समयमा लन्डन, दुबई, कराची र मुम्बई पनि उडान सञ्जालमा जोडिएका थिए।[5]
२०४८ मा हवाई सेवा निजी क्षेत्रका लागि खुला गरिएको थियो, र तत्पश्चात ने.वा.नि.को प्रतिस्पर्धाको रूपमा नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, बुद्ध एयर, यती एयरलाइन्स र सिता एयर जस्ता वायुसेवा कम्पनीको उदय भएको थियो। नेपाल वायुसेवाको बोइङ ७२७ को अन्तिम उडान २०४८ मा भएको थियो। २०५३ सम्ममा यी चार प्रतिस्पर्धीले नेपाली आकाशमा ७० प्रतिशत बजार हिस्सा ओगटेका थिए।[6]
नयाँं सहस्राब्दि नजिकिदैँ गर्दा निगम भित्र भ्रष्टाचारका आरोपहरू पनि बढ्दै गएको थियो। त्यस्तै एक भ्रष्टाचारको मुद्दामा दिनेश धमिजा संलग्न थिए, जो पछि गएर इ-बुकर्स नामक इन्टरनेट यात्रा वेबसाइट संस्थापक भएका थिए।[7] धमिजालाई निगमको युरोपेली सञ्चालन विभागको निर्देशकको पद तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको घनिष्ठताका कारण प्राप्त गरेको आरोप लगाइएको थियो। यी आरोपहरू विरुद्ध निकै ठूलो अदालती कार्वाही पश्चात् धमिजाले निगमसँग ठोस सम्झौता सहित मुद्दा जितेका थिए।[8]
२०५६ अस्ट्रियाको लाउडा एयरको बोइङ ७६७ विमान भाडामा लिए पश्चात् एक ठूलो घोटाला भएको थियो[9], र सो विमान वायुसेवाका कर्मचारी तथा सरकारी अधिकारीहरूद्वारा विरोध गरिएतापनि सेवामा प्रवेश गराइएको थियो। सरकारका अनुसार नेपाल वायुसेवाले भइरहेका दुई बोइङ ७५७ को अधिकतम प्रयोग गर्न नसकिरहेको बेलामा यो सम्झौता अनावश्यक थियो। यसका अतिरिक्त लाउडा एयरको विमानको प्रतीघन्टा शुल्क ५००० अमेरिकी डलर थियो, जुन करारपत्रमा तोकिएकोभन्दा ११५० डलर बढी थियो। शा.ने.वा.नि.का अध्यक्ष हरिभक्त श्रेष्ठ लगायत अन्य पदाधिकारीलाई अनुसन्धानका निम्ती निलम्बित गरिएको थियो भने नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौतले पनि केही समयमा रजिनामा गरेका थिए।[10]
२०६० मा नेपाल सरकारले नेपाल वायुसेवाको ४९ प्रतिशत सेयर निजी क्षेत्रलाई बेची कम्पनीको व्यवस्थापन पनि जिम्मा लगाउने र आफुले बाँँकीको ५१ प्रतिशत सेयर राख्ने खबर बाहिरिएको थियो। यसो गर्दा वायुसेवालाई बढ्दो ऋणबाट जोगाउन चाहिने लगानी उठाउन सरकारलाई मद्दत पुग्ने अनुमान गरिएको थियो।[11]
२०६८ भदौ २९ मा, नेपाल वायुसेवाका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीलाई भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएको थियो।[12]
२०६४ भदौ १९ निगमद्वारा जारी एक विज्ञप्तीमा जहाजमा रहेका केही प्राविधिक खराबीका कारण देवतालाई खुशी पार्न दुईवटा बाख्राको बलि चढाइएको कुराको पुष्टि गरिएको थियो। निगमका अनुसार ती जनवरको बलि त्रिभुवन विमानस्थलमा राखिएको एक बोइङ ७५७ जहाजका अगाडि चढाइएको थियो। निगमका अनुसार यस समारोह पश्चात् सो जहाजले हङकङका लागि सफल उडान गरेको थियो। निगमका प्रवक्ताले, "विमानमा रहेका खराबी ठीक भई जहाजले उडान सुचारु गरिसकेको बताएका थिए"। निगमले प्राविधिक खराबीका बारेमा केही नबताएपनि स्थानिय सञ्चारमाध्यमका अनुसार जहाजमा केही विद्युतीय खराबी थियो।[13]
२०४६ देखि २०६६ का बीच निगमका विमान कुनै पनि दुर्घटनामा परेन। निगमको इतिहासमै कुनै पनि घटना नभएको यो सबैभन्दा लामो समयावधि थियो।
२०६६ निगमले मध्यपूर्व र दक्षिण-पूर्वी एसियामा उडान गर्ने योजनासहित एयरबससँग दुईवटा एयरबस ए३२०-२०० विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।[14]
२०७० सालमा, निगमले चीनको एभिआइसी कम्पनीबाट उपहार स्वरूप एक सियान एमए-६० जहाजको डेलिभरी लिएपछि नयाँं पोशाक अनावरण गरेको थियो। रातो र नीलो धर्का भएको पुरानो पोशाकलाई नेपालको झण्डासँग मेल खाने पोशाकद्वारा प्रतिस्थापन गरिएको थियो।
२०७१ माघ २५ नेपाल वायुसेवाले आफ्नो पहिलो एयरबस ए३२० जहाज 'सगरमाथा' प्राप्त गरेको थियो। २०७२ वैशाख १७ मा निगमको दोस्रो एयरबस ए३२० जहाज 'लुम्बिनी' काठमाडौँमा अवतरण गरेको थियो। सो विमान वि.सं. २०७२ को महाभूकम्पको उद्दारकार्यका लागि प्रयोग गरिने ५ टन राहत सामग्रीसहित एयरबसको ह्यम्बर्गस्थित कारखानाबाट सिधा काठमाडौँ आएको थियो। दुबै विमान निगमको नयाँं पोशाक रङाइएका थिए।
सोही वर्षमा, नेपाल वायुसेवामार्फत २५३,५६८ यात्रुले यात्रा गरेका थिए, जुन पछिल्लो वर्षको २०६,४३० यात्रुभन्दा २२.८७ प्रतिशत बढी थियो।[15] त्यसैगरी, निगमले ४२,५३५ यात्रुलाई आन्तरिकतर्फ सेवा प्रदान गरेको थियो, जुन पछिल्लो वर्षभन्दा २१.६० प्रतिशतले बढी थियो।[16]
२०७३ मा निगमको एक बोइङ ७५७-२०० (९एन-एसीए, कर्णाली) लाई निरन्तर तीन दशकको सेवा पश्चात् नाफारहित सञ्चालन र उच्च मर्मतखर्चका कारण बीबी एयरवेजलाई बेचिएको थियो। २०७४ साउन १ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि अन्लाइन बुकिङको सेवा सुरु गरेको थियो।
२०७५ मा नेपाल वायुसेवाले हाई फ्लाई र एएआर निगम मार्फत् दुईवटा एयरबस ए३३०-२०० विमानलाई सेवामा भित्राएको थियो। ती दुई विमान सोही वर्षको असार १४[17] र जुलाई २६[18] मा काठमाडौँमा अवतरण गरिएको थियो। यी दुई वाईड-बडी विमानबाट निगमले सियोल-इन्चेन, टोकियो र सिड्नी जस्ता सहरमा सिधा उडान विस्तार गर्ने योजना बनाएको थियो। २०७५ कात्तिक २६ आएको एक खबर अनुसार नेपाल वायुसेवाले आफ्नो पुनर्गठनपूर्व इथियोपियाली एयरलाइन्ससँग रणनीतिक साझेदारी गर्ने योजना बनाएको थियो।[19]
सोही वर्षको फागुन महिनामा, निगमले आफ्नो बाँकी रहेको बोइङ ७५७-२००एम विमानलाई तीन दशकको सेवा पश्चात् प्रतिस्थापन गरी एयरबस विमान मात्र रहने गरी आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको थियो।[20] निगमले अहिले आफ्नो अन्तर्राष्ट्रिय उडान दुई एयरबस ए३२०-२०० र दुई एयरबस ए३३०-२००बाट सञ्चालन गरिरहेको छ।
२०७६ चैत देखि नेपालमा जारी कोरोना विषाणु महामारीका कारण निगमले आफ्नो सबै नियमित उडान अनिश्चितकालका लागि बन्द गरेपनि उद्दार तथा चार्टर उडान भने सञ्चालन गरिआएको छ।[21]
२०७७ साउन ३ मा, निगमका चीनबाट प्राप्त एमए-६० र हार्बिन वाई-१२ विमानलाई नेपालमा उडानका लागि अनुपयुक्त भएको भन्दै सेवाबाट हटाइएको थियो।[22]
नेपालमा जारी कोरोनाभाइरसको प्रकोपका कारण नेपाल सरकारद्वारा सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान २०७७ साउन ३२ सम्मका लागि रद्द गरिएको छ।
यसभन्दा पहिले नेपाल वायुसेवाले १० अन्तर्राष्ट्रिय तथा धेरै आन्तरिक गन्तव्यहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दथ्यो। निगमले विराटनगर, नेपालगन्ज र पोखरास्थित आफ्नो क्षेत्रीय विमानस्थल पनि नियमित आन्तरिक उडान सञ्चालन गर्दछ।
देश | सहर | आइएटिए | आइसिएओ | विमानस्थल | कैफियत | सन्दर्भ |
---|---|---|---|---|---|---|
अन्तर्राष्ट्रिय | ||||||
अस्ट्रिया | भियना | VIE | LOWW | भियना अन्तर्राष्ट्रिय विमानस्थल | उडान समाप्त | |
बङ्गलादेश | ढाका | DAC | VGHS | शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल | उडान समाप्त | |
चीन | ग्वाङ्झोउ | CAN | ZGGG | ग्वाङ्झोउ बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल | [23] | |
साङ्घाई | PVG | ZSPD | साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल | उडान समाप्त | ||
फ्रान्स | पेरिस | CDG | LFPG | चार्ल्स डे गल विमानस्थल | उडान समाप्त | |
जर्मनी | फ्रान्कफर्ट | FRA | EDDF | फ्रान्कफर्ट विमानस्थल | उडान समाप्त | |
हङकङ | हङकङ | HKG | VHHH | हङकङ अन्तर्राष्ट्रिय विमानस्थल | ||
भारत | बेङ्गलोर | BLR | VOBL | केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल | ||
दिल्ली | DEL | VIDP | इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल | |||
कोलकाता | CCU | VECC | नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल | रुट समाप्त | ||
मुम्बई | BOM | VABB | छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल | |||
पटना | PAT | VEPT | जयप्रकाश नारायण विमानस्थल | उडान समाप्त | ||
जापान | ओसाका | KIX | RJBB | कन्साई अन्तर्राष्ट्रिय विमानस्थल | उडान समाप्त | [24][25] |
टोकियो | NRT | RJAA | नारिता अन्तर्राष्ट्रिय विमानस्थल | [25] | ||
मलेसिया | क्वालालम्पुर | KUL | WMKK | कुवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल | ||
नेपाल | काठमाडौँ | KTM | VNKT | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल | मुख्य आधार | |
नेदरल्यान्ड | एम्स्टर्डम | AMS | EHAM | एम्स्टर्डम विमानस्थल शिपोल | उडान समाप्त | |
पाकिस्तान | कराची | KHI | OPKC | जिनाह अन्तर्राष्ट्रिय विमानस्थल | उडान समाप्त | |
कतार | दोहा | DOH | OTHH | हमाद अन्तर्राष्ट्रिय विमानस्थल | ||
सिङ्गापुर | सिङ्गापुर | SIN | WSSS | सिङ्गापुर चाङ्गी विमानस्थल | उडान समाप्त | |
श्रीलङ्का | कोलम्बो | CMB | VCBI | बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल | रुट समाप्त | |
थाइल्यान्ड | बैङ्कक | BKK | VTBS | सुवर्णभूमि विमानस्थल | ||
संयुक्त अरब इमिरेट्स | दुबई | DXB | OMDB | दुबई अन्तर्राष्ट्रिय विमानस्थल | [26] | |
DWC | OMDW | अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल | उडान समाप्त | [26] | ||
संयुक्त अधिराज्य | लन्डन | LGW | EGKK | ग्याटविक विमानस्थल | रुट समाप्त | |
आन्तरिक | ||||||
नेपाल | बाग्लुङ | BGL | VNBL | बाग्लुङ विमानस्थल | ||
बझाङ | BJH | VNBG | बझाङ विमानस्थल | रुट समाप्त | ||
बाजुरा | BJU | VNBR | बाजुरा विमानस्थल | |||
भद्रपुर | BDP | VNCG | भद्रपुर विमानस्थल | |||
भद्रपुर (मेघौली) | MEY | VNMG | मेघौली विमानस्थल | |||
भोजपुर | BHP | VNBJ | भोजपुर विमानस्थल | |||
विराटनगर | BIR | VNVT | विराटनगर विमानस्थल | |||
चौरजहारी | RUK | VNCJ | चौरजहारी विमानस्थल | |||
धनगढी | DHI | VNDH | धनगढी विमानस्थल | |||
दिक्तेल | KDN | VNKD | मनमाया विमानस्थल | |||
डोल्पा | DOP | VNDP | डोल्पा विमानस्थल | |||
गोरखा | GKH | VNGK | पालुङ्गटार विमानस्थल | उडान समाप्त | [27] | |
जोमसोम | JMO | VNJS | जोमसोम विमानस्थल | |||
जुम्ला | JUM | VNJL | जुम्ला विमानस्थल | |||
खोटेहाङ | - | VNTH | थामखर्क विमानस्थल | |||
लामिडाँडा | LDN | VNLD | लामिडाँडा विमानस्थल | |||
लुक्ला | LUA | VNLK | तेन्जिङ-हिलारी विमानस्थल | |||
मनाङ | NGX | VNMA | मनाङ विमानस्थल | उडान समाप्त | ||
मुसिकोट | - | VNSL | रुकुम सल्ले विमानस्थल | |||
नेपालगञ्ज | KEP | VNNG | नेपालगञ्ज विमानस्थल | |||
फाप्लु | PPL | VNPL | फाप्लु विमानस्थल | |||
पोखरा | PKR | VNPK | पोखरा विमानस्थल | |||
रारा | - | VNRR | ताल्चा विमानस्थल | |||
रुम्जाटार | RUM | VNRT | रुम्जाटार विमानस्थल | |||
सिद्धार्थनगर | BWA | VNBW | गौतम बुद्ध विमानस्थल | |||
सिमरा | SIF | VNSI | सिमरा विमानस्थल | |||
सिमीकोट | IMK | VNST | सिमीकोट विमानस्थल | |||
तुल्सीपुर | DNP | VNDG | दाङ विमानस्थल | |||
तुम्लिङ्टार | TMI | VNTR | तुम्लिङ्टार विमानस्थल |
सन् २०१९ जुन १ सम्ममा नेपाल वायुसेवाको विमानका प्रकार निम्नानुसार छ:[28][29][30]
जहाज | सेवामा | अर्डर | यात्रु सङ्ख्या | सन्दर्भ | ||
---|---|---|---|---|---|---|
बिजनेस क्लास | इकोनोमी क्लास | कुल | ||||
एयरबस ए३३०-२०० | २ | — | १८ | २५६ | २७४ | [31] |
एयरबस ए३२०-२०० | २ | — | ८ | १५० | १५८ | |
डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी-६ ट्विन अटर | ३ | — | — | १९ | १९ | |
कुल | ७ | — |
जहाज | सेवामा प्रवेश | सेवाबाट बाहिरिएको | कैफियत | सन्दर्भ |
---|---|---|---|---|
एयरबस ए३१० | सन् १९९३ | सन् १९९६ | लिजमा | [32] |
बोइङ ७०७ | सन् १९८३ | सन् १९८३ | लिजमा | |
बोइङ ७२७-१०० | सन् १९७२ | सन् १९९३ | ||
बोइङ ७५७-२०० | सन् १९८७ | सन् २०१७ | ||
बोइङ ७५७-२००एम | सन् १९८७ | सन् २०१९ | [20] | |
बोइङ ७६७-३०० | सन् २००० | सन् २००१ | लिजमा | [32] |
डगलस डीसी-३ | सन् १९५८ | सन् १९७३ | ||
फोक्कर एफ२७ फ्रेन्डशीप | सन् १९६६ | सन् १९७० | ||
फेङ शोउ-२ हार्वेस्टर | सन् १९६३ | सन् १९६५ | ||
हार्बिन वाई-१२ | सन् २०१४ | सन् २०२० | [33][34] | |
हकर सिड्डली एचएस-७४८ | सन् १९७० | सन् १९९६ | ||
पिलाटस पोर्टर | सन् १९६१ | सन् १९९८ | ||
सियान एमए-६० | सन् २०१४ | सन् २०२० | [33][35] |
शान्ग्री-ला क्लास नेपाल वायुसेवाको सबै अन्तर्राष्ट्रिय उडानको बिजनेस क्लास हो। शान्ग्री-ला क्लासअन्तर्गत एयरबस ए३३० विमानमा ६ सिट बराबरको कन्फिगरेसनमा कुल १८ सिट छन् भने एयरबस ए३२० विमानमा ४ सिट बराबरको कन्फिगरेसनमा कुल ८ सिट छन्। शान्ग्री-ला क्लासमा यात्रा गर्ने यात्रुलाई उत्तम भोजन प्रदान गरिन्छ। साथै यात्रुलाई स्वयम रोज्नका लागि वाइन, ककटेल, भोड्का र सफ्ट ड्रिन्क लगायत पेय पदार्थ पनि प्रदान गरिन्छ।[36]
नेपाल वायुसेवाको इकोनोमी क्लासबाट यात्रा गर्ने यात्रुलाई माछा, चिकन वा मटनको विकल्पसहित भोजन प्रदान गरिन्छ। यात्रुले बुकिङको समयमा शाकाहारी भोजनका लागि पनि अनुरोध गर्न सक्छन्।[37] एयरबस ए३३० विमानको इकोनोमी क्लासमा इन-फ्लाईट एन्टर्टेन्मेन्टको सुविधा पनि छ, जसमा ४० एसियाली सिनेमा, ३० टिभी प्रोग्राम र २० म्युजिक आल्बम सम्मिलित छन्।
नेपाल वायुसेवाका सबै आन्तरिक उडान गर्ने जहाजहरूमा इकोनोमी क्लास मात्र हुन्छ। धेरैजसो आन्तरिक उडान औसतमा एक घण्टाभन्दा कम समयको हुने भएकाले यात्रुहरूलाई कम्प्लिमेन्टरी चकलेट र कानमा लगाउने कपास मात्र प्रदान गरिन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.