तुलसीपुर उपमहानगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
तुलसीपुर नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको एक उपमहानगरपालिका हो। यो तीव्र गतिमा विकसित हुँदै गइरहेको एक व्यापारिक सहर हो। यो नगर नेपालको राजधानी काठमाडौँदेखि ४३० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ।[६] भौगोलिक विस्तारको कारण यो उपमहानगरपालिका महाभारत पर्वत शृङ्खलादेखि दक्षिणमा चुरे क्षेत्रसम्म फैलिएर रहेको छ। दाङ जिल्लाको तत्कालिन तुलसीपुर र अमृतपुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०४८ चैत्र ३० गते यसलाई नगरपालिका घोषणा गरिएको थियो।[१]
तुलसीपुर | |
---|---|
निर्देशाङ्क: २८°०७′४०″उ ०८२°१७′४४″पू | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | दाङ जिल्ला |
नगरपालिका | वि.सं. २०४८ चैत्र ३०[१] |
सम्मिलित (गाविस) | तुलसीपुर र अमृतपुर |
सम्मिलित (गाविस) | उरहरी, टरिगाउँ र हलवार |
सम्मिलित मिति | वि.सं. २०७१ पुस २८[२] |
उपमहानगरपालिका | वि.सं. २०७३ फाल्गुण २७[३] |
सम्मिलित (गाविस) | मानपुर, बिजौरी, डुरुवा, फुलबारी र पवननग |
सरकार | |
• नगरप्रमुख | टिकाराम खड्का (नेकपा (एमाले)) |
• उपप्रमुख | स्यानी चौधरी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३८४.६३ किमी२ (१४८.५१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७९,७५५ |
• क्रम | ११औँ (नेपाल) दोस्रो (लुम्बिनी प्रदेश) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | २२४१२ |
क्षेत्रीय सङ्केत | ०८२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन उरहरी, टरिगाउँ र हलवार गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[२]यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै तुलसीपुरलाई वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। तुलसीपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन मानपुर, बिजौरी, डुरुवा, फुलबारी र पवननगर गाउँ विकास समितिलाई समावेश गरिएको थियो।[३]
ऐतिहासिक पृष्ठभूमि रहेको यस क्षेत्रमा भारतको तुलसीपुरबाट आएको राजाले राज्य गरेको र उनै तुलसीपुरे राजाको कारणले गर्दा यस स्थानको नाम पनि 'तुलसीपुर' भएको अनुमान गरिएको छ।[७][८]
भारतको अवधको सबैभन्दा ठूलो तालुकमा तुलसीपुरका राजाहरूले शासन गरेका थिए, जसमा वर्तमान दाङ र देउखुरी उपत्यकाहरू समावेश रहेका थिए।[७] तसर्थ, यसलाई बाइसे राज्यमध्ये एकको रूपमा पनि गणना गरियो[९], जुन पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि पश्चिम नेपाल बनेको हो। सुकौराकोट (बबई नदीको उत्तरी किनारमा)को थारु सभ्यता सबैभन्दा पुरानो मानव सभ्यता हो जुन यस समुदायका मानिसहरूको पूर्वतिर बसाइँसराइसँगै देशको पूर्वी भागसम्म विस्तार भएको हो।[१०][११][१२]
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तुलसीपुर उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,७९,७५५ रहेको छ भने यहाँ ४६,०१८ घरधुरी रहेका छन्।[५] यस नगरमा मुख्यतया ब्राह्मण, क्षेत्री, थारु रहेका छन्। यसका साथै यहाँ नेवार, मगर, विश्वकर्मा, राई, लिम्बु लगायतका जातजाती बसोबास गर्छन्।[६]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.