![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/72/Master_Blaster_at_work.jpg/640px-Master_Blaster_at_work.jpg&w=640&q=50)
शतक (क्रिकेट)
From Wikipedia, the free encyclopedia
क्रिकेटको खेलमा जब एक इनिङमा एक वा कयौँ ब्याट्सम्यानले १०० अथवा त्यसभन्दा बढी रन बनाउन सक्छ भने त्यसलाई शतक भनिन्छ । यो शब्द "शतकीय साझेदारी" को रूपमा पनि काममा ल्याउने गरिन्छ जब दुई ब्याट्सम्यान सँग-सँगै ब्याटिङ गर्दै टिमको जम्मा स्कोरमा १०० रनको स्कोर थप्ने गर्छन । एउटा शतक एउटा ब्याट्सम्यानको लागि ठुलो उपलब्धि मानिने गरिन्छ र एउटा खेलाडीको शतक सामान्यतया क्रिकेट तथ्याङ्कहरूमा रेकर्ड गर्ने गरिन्छ । शतक बनाउनु र बलरद्वारा ५ विकेट एक इनिङमा लिनु लगभग उस्ता उस्तै मानिन्छ । ब्याट्सम्यानद्वारा बनाइएको शतकलाई टन वा हन्ड्रेड पनि भन्ने गरिन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/72/Master_Blaster_at_work.jpg/640px-Master_Blaster_at_work.jpg)
त्यसैअनुसार, ५० रन एक इनिङमा बनाउनुलाई अर्ध शतक' भन्ने गरिन्छ ।[1]