भुतपूर्व भारतीय क्रिकेट खेलाडी From Wikipedia, the free encyclopedia
सचिन तेन्दुलकर (/ˌsətʃɪn tɛnˈduːlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् ।[7][8][9][10][11] उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।[12] एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | सचिन रमेश तेन्दुलकर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | लिटिल मास्टर, तेन्देल्या, क्रिकेटको भगवान,[1] मास्टर ब्लास्टर,[2] द मास्टर,[3][4] द लिटल च्याम्पियन, | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ५ इन्च [5] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाँया हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते लेग स्पिन, अफ स्पिन, मध्यमगति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप १८७) | १५ नोभेम्बर १९८९ विरुद्ध पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १४ नोभेम्बर २०१३ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ७४) | १८ डिसेम्बर १९८९ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ मार्च २०१२ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | १० | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९८८–२०१३ | मुम्बई | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८–२०१३ | मुम्बई इन्डियन्स (इन्डियन प्रिमियर लिग) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९२ | योर्कशिर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: [6] क्रिकइन्फो, १५ नोभेम्बर २०१३ |
सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमा पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए ।[13] तेन्दुलकर २०११ क्रिकेट विश्वकप भारतले जित्दा सो टिममा प्रमुख खेलाडीको रूपमा थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो ।[14] उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामा भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मा विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमा विश्व क्रिकेट इतिहासमा विश्व टेस्ट एघारको सूचीमा आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।[15][16][17]
तेन्दुलकरले क्रिकेट खेलमा गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मा अर्जुन पुरस्कार, सन् १९९७ मा भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ र सन् २००८ मा क्रमसः पद्म श्री र पद्म विभूषणले सम्मानित गरेको थियो ।[18] सन् २०१३ नोभेम्बर १६ मा आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमै प्रधानमन्त्री कार्यालय (भारत)ले उनलाई भारतको सबैभन्दा नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो ।[19][20] भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।[21][22]
सन् २०१२ डिसेम्बरमा, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।[23] उनी ट्वान्टी२० क्रिकेटबाट अक्टोबर २०१३ मा सन्यास लिए [24] र यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मा मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरूपबाट सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।[12]
तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमा भएको थियो ।[25] उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमा कार्य गर्थिन् ।[26] सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममा राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाइ नितिन तेन्दुलकर र एक बहिनी सविता तेन्दुलकर छन् ।[27] सन् १९९५ मा सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् - सारा र अर्जुन ।
सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाट आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमा आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.