ट्विटर

सामाजिक सञ्जाल From Wikipedia, the free encyclopedia

ट्विटर

एक्स[टिप्पणीहरू २] , पहिले ट्विटर[टिप्पणीहरू ३]को रूपमा परिचित एक अनलाइन सामाजिक सञ्जाल तथा सामाजिक सञ्जाल सेवा हो जुन अमेरिकी कम्पनी एक्स निगमद्वारा सञ्चालित छ, जुन ट्विटर, निगमको उत्तराधिकारी हो। एक्समा, दर्ता गरिएका प्रयोगकर्ताहरूले पाठ, तस्वीर र भिडियोहरू सार्वजनिक गर्न सक्दछन्।[११] प्रयोगकर्ताहरूले "मनपराउन", पुन:प्रकाशन गर्न, उद्धरण पुन:प्रकाशन गर्न, सार्वजनिक सामग्रीहरूमा टिप्पणी गर्न, प्रत्यक्ष सन्देश गर्न, भिडियो र अडियो कल गर्न, बुकमार्क, सूची र समुदायहरूमा सामेल हुन र अन्य दर्ता गरिएका प्रयोगकर्ताहरूसँग सार्वजनिक स्थानहरूमा सामेल हुन पनि सक्दछन्। अनुमोदित योगदानकर्ताहरूले अन्य दर्ता भएका प्रयोगकर्ताहरू द्वारा प्रकाशित सामग्रीहरूमा सन्दर्भ थप्न सामुदायिक टिप्पणीहरू पनि छोड्न सक्दछन्। यस वेबसाइटमा जानकारी सार्वजनिक गर्दा प्राय: ट्विटिङ, रिट्विट र उद्धरण ट्विटिङको रूपमा उल्लेख गरिएको छ। यद्यपि सेवाको नाम "एक्स" मा परिवर्तन गरिएको थियो, यसको प्राथमिक वेबसाइट ठेगाना नोभेम्बर २०२३ सम्म ट्विटर डटकम रहेको छ र एक्स डटकम डोमेन नाम त्यस ठेगानामा पुनर्निर्देशित गरिएको छ।

छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
एक्स
Thumb
जुलाई २०२३ देखि प्रयोगमा रहेको लोगो
Thumb
ट्विटर डटकमको स्क्रिनसट (एक्स डटकमबाट अनुप्रेसित), निर्गमनको बेलामा देखिएको, अक्टोबर २०२३ अनुसार
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
उपलब्ध भाषाबहुभाषिक
संस्थापितमार्च २१, २००६; १८ वर्ष पहिले (२००६-०३-21), सान फ्रान्सिस्को, क्यालिफोर्नियामा
सेवा क्षेत्रविश्वव्यापी, निशेधित देशहरूबाहेक
मालिक
  • ओडेओ (सन् २००६)
  • ओभियस निगम (सन् २००६–२००७)
  • ट्विटर, निगम (सन् २००७–२०२३)
  • एक्स निगम (सन् २०२३–हाल)
संस्थापक (हरू)
  • ज्याक डोर्सी
  • नोआ ग्लास
  • बिज स्टोन
  • एभान विलियम्स
अध्यक्षएलन मस्क
प्रमुख कार्यकारी अधिकृतलिन्डा यासारिनो
युआरएल
  • x.com
  • x.com (ट्विटर डटकममा अनुप्रेसित)
दर्ताआवश्यक[टिप्पणीहरू १]
प्रयोगकर्ताहरू ५५ करोड मासिक सक्रिय प्रयोगकर्ता (सेप्टेम्बर २०२३)[]
चालु भएको मितिजुलाई १५, २००६; १८ वर्ष पहिले (२००६-०७-15)
वर्तमान स्थितिचालू
Native client(s) on
लेखिएको भाषा
[][][][][][][][][१०]
बन्द गर्नुहोस्

ट्विटरको स्थापना मार्च २००६ मा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र इभान विलियम्सले गरेका थिए। यसलाई सोही वर्षको जुलाईमा सार्वजनिक गरिएको थियो। यसको मूल कम्पनी, ट्विटर, निगम, क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा आधारित थियो र विश्वभर २५ भन्दा बढी कार्यालयहरू थिए।[१२] सन् २०१२ सम्ममा, १० करोड भन्दा बढी प्रयोगकर्ताहरूले एक दिनमा ३४ करोड ट्वीटहरू उत्पादन गरेका थिए[१३], र सेवाले प्रति दिन औसत १.६ अर्ब खोजीहरूलाई सम्हालेको थियो। सन् २०१३ मा, यो विश्वको सबैभन्दा धेरै हेरिने १० वेबसाइटहरू मध्ये एक थियो।[१४][१५][१३] सन् २०१९ को सुरुवात सम्ममा ट्विटरका ३३ करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता थिए।[१६] व्यवहारमा, अधिकांश ट्विटहरू अल्पसङ्ख्यक प्रयोगकर्ताहरूद्वारा उत्पादन गरिन्छ। सन् २०२० मा, लगभग ४.८ करोड खाताहरू (सबै खाताहरूको १५%) वास्तविक व्यक्तिहरूको खाता नभएको अनुमान गरिएको थियो।[१७] अक्टोबर २०२३ सम्ममा, ट्विटर विश्वको पाँचौँ सबैभन्दा बढी हेरिएको वेबसाइट हो।[१८][१९] सिमिलर वेबद्वारा प्रदान गरिएको तथ्याङ्क अनुसार यसको ट्राफिकको २३.६% संयुक्त राज्य अमेरिकाबाट आउँदछ, त्यसपछि जापानबाट १५.९४% र संयुक्त अधिराज्यबाट ५.५७% प्राप्त हुन्छ।[२०][२१]

अक्टोबर २०२२ मा, अर्बपति एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटरलाई प्राप्त गरेका थिए र उनी कम्पनीको कार्यकारी अधिकृत बनेका थिए।[२२][२३][२४][२५] अधिग्रहण पछि, यसलाई गलत तथा मिथ्यासूचना सूचनाको प्रसारको लागि आलोचना गरिएको छ।[२६][२७][२८][२९] घृणास्पद भाषणको वृद्धिलाई सुविधाजनक बनाएको,[३०][३१][३२] विरोधी षडयन्त्र सिद्धान्त[३३][३४][३५]पारद्वेषितालाई बढावा दिएको भनेर आलोचना गरिएको थियो।[३६][३७][३८][३९]

लिन्डा याकारिनोले ५ जुन २०२३ मा मस्कको उत्तराधिकारी बन्दै कार्यकारीको रूपमा काम गरेकी थिइन्।[१०][४०][४१] जुलाई २०२३ मा, मस्कले ट्विटरलाई एक्समा पुन: ब्रान्डिङ गरिने र चराको लोगोलाई सेवानिवृत्त गरिने घोषणा गरेका थिए।[४२][४३] अक्टोबर २०२३ मा, कम्पनीले यसको मूल्य लगभग १९ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो, जुन एक वर्ष पहिलेको खरीद मूल्यको तुलनामा लगभग ५५% कम हो।[४४] फिडेलिटी नामक कम्पनीले लगभग एकै समयमा यसको मूल्य यसको खरीद मूल्यबाट ६५% कम हुने अनुमान गरेको थियो।[४५]

टिप्पणी

    सन्दर्भ सामग्रीहरू

    बाह्य कडीहरू

    Loading related searches...

    Wikiwand - on

    Seamless Wikipedia browsing. On steroids.