बिक्रम सम्बत् को पहिलो महिना From Wikipedia, the free encyclopedia
बैशाख (बङ्गाली: বৈশাখ) विक्रम सम्बतको पहिलो महिना हो। वैशाखको १ गते नेपालमा धुमधामका साथ नयाँ वर्ष मनाइन्छ। वैशाख महिना विक्रम संवतको पहिलो महिना हो। ओडिया, पञ्जाबी, आसामी पात्रोमा यस महिनालाई बोहाग भनिन्छ जहाँ बङ्गाली पात्रोमा यसलाई बोइशाख भनिन्छ।[1][2] सौर्य मासका अनुसार बैसाखको सुरुवात मेष सङ्क्रातिको दिनबाट हुन्छ भने चन्द्रमासका अनुसार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुसार वैशाख महिनाको सुरुवात मेष संक्रातीको ५ दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। वैशाख महिना बसन्तऋतुको दोस्रो महिना हो। इस्वी संवत्कको आधा अप्रिल र आधा मे वैशाख महिनामा पर्छन्।
वैशाख | |
---|---|
पञ्चाङ्ग | हिन्दू पञ्चाङ्ग |
महिना संख्या | २ |
ऋतु | वसन्त |
महत्त्वपूर्ण दिनहरू | बिसु पर्व |
वैसाख महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
हिन्दू विधान अनुसार वैसाख महिनामा जती सक्य जल दान गर्ने कुवा धारा निर्माण गराउने र नित्य दिन स्नान गर्ने गर्नाले पुण्य मिल्दछ भन्ने धारणा छ। साथै यो महिनामा काँशको भाँडामा नखाने, मास, मुसुरो, चना, कोदो, मह र सागपातको सेवन गर्न नहुने भनिएको छ।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.