From Wikipedia, the free encyclopedia
चैत्र (चैत) १२ महिनाहरू अन्तर्गत पर्ने एक महिना हो । प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्टबाट मानिन्छ भने सौर्यमास अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ । शाक्य संवत्सरका अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ । साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्याएको पाइन्छ । यो महिना बसन्त ऋतुको पहिलो महिना हो । अङ्ग्रजी महिनाको आधा मार्च र आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ ।
यो महिनामा विभिन्न पर्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरू पर्दछन् । हिन्दूहरूको महान चाड चैते दशैं र राम नवमी यसै महिना भित्र पर्दछन् । चैत्र कृष्ण पक्षको औंशी तिथीमा काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । साथै चैत महिनाको अन्तमा भक्तपुरमा बिस्का: जात्रा ( बिस्केट जात्रा) को सुरुवात हुन्छ।
हिन्दू मान्यता अनुसार यस महिनामा विवाहादी शुभ कार्यहरू गर्नु हुँदैन भन्ने रहेको छ । यो महिनामा जती सक्दो दान गर्नु पर्छ भन्ने मान्यता पनि रहेको छ ।
कतिपय ठाउँमा यस महिनालाई रित्तो महिना पनि भनेको सुनिन्छ । प्रायः चैतको महिनामा घर बनमा रित्तो महसुस गरिन्छ । गरिबहरूको घरमा अन्नको अभाव, वन पाखामा घाँसको अभाव, खोला नालामा पानीको अभाव, आदी कुराहरूलाई ध्यान दिने हो भने यो महिना एक रित्तो देखिन्छ । कतिपय ठाउँमा यस महिनालाई "लमकोल्थे" भन्ने गरेको पनि सुनिन्छ । यो समयमा लामो दिन सुरु हुने र भोकमारीले सताउने भएकाले "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने उखान विद्यान रहेको छ । यस सम्बन्धमा पश्चिम नेपालको खस सभ्यतामा आधारीत एक दन्त्य कथा विद्यमान रहेको छ ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.