लालबन्दी नगरपालिका
From Wikipedia, the free encyclopedia
लालबन्दी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो ।[2] लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[3] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा लालबन्दी, जब्दी र पत्थरकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[1] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो ।[4] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[4]
छरितो तथ्यहरू लालबन्दी नगरपालिका, देश ...
लालबन्दी नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | सर्लाही जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | मान बहादुर खडका |
• उप मेयर | शान्ति कुमारी लामा |
जनसङ्ख्या (बि.स.२०६८)[1] | |
• जम्मा | २७,८१२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४६ |
वेबसाइट | www.laalbandimun.gov.np |
बन्द गर्नुहोस्