![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d4/Nepal_development_regions.png/640px-Nepal_development_regions.png&w=640&q=50)
नेपालका विकास क्षेत्रहरू
From Wikipedia, the free encyclopedia
यो लेख नेपालका पूर्व विकास क्षेत्रहरूको बारेमा हो। हालको प्रशासनिक विभाजनको लागि नेपालका प्रदेशहरू हेर्नुहोस्।
नेपाललाई वि.सं. २०१९ मा १४ अञ्चलमा वर्गीकरण गरिएको थियो र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा वर्गीकरण गरीएको थियो। १४ प्रशासकीय अञ्चलहरूलाई ५ समूहमा विभाजित गरी वि.सं. २०२९ र २०३१ मा ५ विकास क्षेत्रहरूको निर्माण गरिएको थियो। ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ वटा मात्र अञ्चलहरू छन्। विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाड र तराईको भू-भाग पर्ने गरी अञ्चलहरूलाई समेटिएको थियो।
छरितो तथ्यहरू नेपालका विकास क्षेत्रहरू, श्रेणी ...
नेपालका विकास क्षेत्रहरू | |
---|---|
![]() | |
श्रेणी | सङ्घीय राज्य |
अवस्थिति | सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
सङ्ख्या | ५ |
सरकार | क्षेत्रीय सरकार |
उप प्रशासन | अञ्चलहरू |
बन्द गर्नुहोस्