![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3e/Kotparva.jpg/640px-Kotparva.jpg&w=640&q=50)
कोत पर्व
From Wikipedia, the free encyclopedia
कोत पर्व नेपालको इतिहासमा दोश्रो ठुलो हत्याकाण्ड हो। रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरू बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो।
कोत पर्व | |||||||
---|---|---|---|---|---|---|---|
![]() कोत पर्व घटेको स्थान | |||||||
| |||||||
योद्धा | |||||||
जंग बहादुर र भाइहरू | जङ्गबहादुर बिरोधी भारदार | ||||||
सेनापतिहरू | |||||||
जंग बहादुर कुँवर कप्तान बमबहादुर कर्णेल बद्रीनरसिंह कृष्णबहादुर कुँवर कप्तान धीर शमशेर कप्तान भक्तिवीर कूंवर काजी जयबहादुर कुँवर कप्तान बखतजंग गर्जबहादुर खत्री सिद्धिमान राजभण्डारी राममेहर अधिकारी रणमेहर अधिकारी युद्धवीर अधिकारी सनकसिंह टण्डन रामबहादुर रानामगर भीमबहादुर आलेमगर पहलमानसिंह बस्न्यात खप्तडी राजा दलबहादुर थापा बुद्धिबल रानामगर |
फत्तेजङ्ग शाह अभिमान सिंह राना मगर खड्गबिक्रम शाह |
गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा सर्वप्रथम अभिमान सिंह बस्नेत मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यश घटनामा ११ चौतारिया, ६ पांडे ,३ थापा र ११ अन्य क्षेत्रीय भारादारकोहत्या भएक्क थियो।
यस्तो विभत्स र दु:खलाग्दो स्थितिको नतिजा जङ्गबहादुर प्रधानमन्त्री बने र १०४ वर्षको राणा शासनको उदय भयो। यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने (बस्न्यात खलक, भने जुठो परेकाले कोतमा उपस्थित हुन पाएनन् र बचे) भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए। यस पर्व सँगै जङ्गबहादुर प्रधानमन्त्री / मुख्तियार भए राणा शासनको उदय भयो[1][2]। यही काण्डले जङ्गबहादुरको उदय भएको थियो।