From Wikipedia, the free encyclopedia
गगन सिंह खवास नेपाली सेनाका सेनापति थिए। उनी राजा राजेन्द्रकी कान्छी रानी राज्य लक्ष्मीदेवीको विश्वासपात्र थिए । रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । उनी प्रधान सेनापति भएपनि प्रधान मन्न्री भन्दा दरबारमा शक्तिशाली र प्रभावशाली थिए ।
जनरल गगन सिंह जनरल | |
---|---|
नेपालको प्रधान सेनापति | |
पूर्वाधिकारी | माथवरसिंह थापा |
उतराधिकारी | जंगबहादुर राणा |
व्यक्तिगत विवरण | |
जन्म | वि सं १८५३[1] |
मृत्यु | वि.सं. १९०३ भदौ ३२ काठमाडौँ ;आफ्नै निवास |
नागरिकता | नेपाली |
जीवन साथी | ३ |
सन्तान(हरू) | दुइ छोरा वजीर सिंह र बद्री सिंह भण्डारी |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
प्रधानमन्त्री माथवरसिंहको हत्या पछि गगनसिंह प्रधानसेनापति भए। उनी नेपाल दरबारमा प्रतिष्ठाप्राप्त भारदार हुन पुगेका थिए। उनी कर्तव्यनिष्ठ र राजारानीका भक्त पनि मानिएका थिए। त्यसो हुनाले नै निजलाई श्रीनाथ, लेटर, राजदल, महिन्द्रदल, रामदल, कालीप्रसाद, शमशेरदल जस्ता सातओटा पल्टनको तैनाथी दिइएको थियो। त्यसका साथै राज्यप्रशासन, परराष्ट्र , जङ्गीखाना र तराईको रेखदेख गर्ने जिम्मा पनि उनैलाई दिइयो। प्रधानसेनापति गगनसिंहको शक्ति प्रधानमन्त्रीको भन्दा पनि बढ्ता भएको थियो। प्रधानमन्त्री फत्तेजङको आदेश गगनसिंहले अटेर गरिदिन्थे। त्यसैमा फत्तेजङको गुनासो थियो।[2]
वि.सं. १९०३ भदौ ३१ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला उनको हत्या भयो । गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन् । कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन् । गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन । तर एउटा कुरा के भन्न सकिन्छ भने गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए ।
आफ्ना बाबुको पूजाकोठामा सन्ध्या गरिरहेको बेलामा अज्ञात व्यक्तिले बन्दुक हानी हत्या गरी भागेको कुरा गगनसिंहका छोरा बजीरसिंहले तुरुन्तै महारानीकहाँ रुँदै गएर पुर्याए। महारानीले तत्कालै रानी नै
वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्न्री परिषद्का सदस्य गगन सिंह खवासको रहस्यमय ढङ्गले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ भदौ ३२ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए ।
कोतपर्व भइसकेपछि ढोकाटोलस्थित गगनसिंहको घरमा जङ्गबहादुर राणाका काहिँला भाइ कृष्णबहादुर राणा बस्न थालेका थिए । उनको सन्तान नरहेको हुनाले त्यही घर कृष्णबहादुरको मृत्यु पछि देव शम्सेरले पाए । [3]
नेपालको इतिहासमा चर्चित कोतपर्व उनकै हत्याका आधारमा घटेको मानिन्छ। उनका दुइ छोरा वजीर सिंह र बद्री सिंह भण्डारीले भण्डारखालमा षड्यन्त्र रच्दा उल्टा पर्न गई भण्डारखाल पर्व मच्चिएको थियो ।[4][5]
रानी राज्यलक्ष्मी एक क्षमतावान र राजनितिमा, राजकाजमा रुची राख्ने रानी थिइन । दरवारमा उनले रिजाएर राख्ने केहि भारदार थिए जसको आडमा उनी दरवार चलाउथिन । ति मध्ये एक थिए गगन सिं । गगन सिं निकै राम्रा, आकर्षक र प्रभावशाली व्यक्ति थिए । रानी उनको व्यक्तित्वबाट समेत आकर्षित थिइन । राजा राजेन्द्र राजकाजमा रुचि नराख्ने,दरवारिया रखौटिहरूसँग मात्र समय विताउने हुँदा रानीको मनमा पनि राजा प्रति रुचि घटेको आकलन गर्न सकिन्छ । रानी र गगन सिं विच प्रेम थियो भन्ने समेत दरवारमा गाँइगुइ चलेको थियो । साथै गगन सिंको आफ्नै एक प्रमिका थिइन र ति प्रमिकासँग गगन सिंलाइ नजिक हुन नदिन गगन सिंलाइ अनेक बहानामा आफ्नै वरिपरि राख्थिन । गगन सिं भने ति प्रेमिकाको प्रेममा पागल झै भएका थिए । यो कुरा औपन्यासिक ढङ्गले डाइमन सम्शेरले आफ्नो उपन्यास बसन्तीमा लेखेका छन । रानीसँगको बढ्दो हेलमेल दरवारमा एककान दुइ कान हुदै फैलियो । यसै कारण राजा राजेन्द्र युवराज सुरेन्द्र वा जंगबहादुर मध्ये एकले वा आपसि मिलेमतोमा गगन सिंको हत्या हुन गएको समेत आकलन गर्न सकिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.