बद्री नरसिंह राणा
From Wikipedia, the free encyclopedia
कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री बद्री नरसिंह कुँवर प्रधानमन्त्री जंगबहादुर राणाका साहिला भाइ हुन् । यिनको गगनसिंहको छोरीसँग भित्रि सम्बन्ध थियो र गगन सिंहको हत्यामा उनको भूमिका थियो । कोत पर्व र भण्डारखाल पर्वमा यिनको सुझबुझको काम र समयमा गरेका निर्णयले जंगबहादुर र भाइहरू सत्ता हत्याउन सफल भएका थिए ।
बद्री नरसिंह राणा | |
---|---|
पाल्पाको बडाहाकिम | |
कार्यकाल १९१५–१९३१ | |
एकाधिपति | राजा सुरेन्द्र |
प्रधानमन्त्री | जंगबहादुर राणा |
पूर्वाधिकारी | केदार नरसिंह राणा |
उतराधिकारी | जनरल वीर शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | १८७७ श्रावण १७[१] गोरखा |
मृत्यु | १९३१ बैशाख[२] पाल्पा |
अभिभावक(हरू) | बाल नरसिंह कुँवर (पिता ) गणेश कुमारी |
जंगबहादुरको हत्या योजना
वि.सं. १९०७ फागुन ६ गते बेलायत भ्रमण गरी फर्केपछि जंगबहादुरको हत्या गर्ने षड्यन्त्र बनेको थियो। सो षड्यन्त्रमा बमबहादुर, बद्री नरसिंह, जयबहादुर, करवीर खत्री, माहिला साहेबज्यू उपेन्द्रविक्रम सहभागी थिए। बमबहादुरले सो षड्यन्त्रको भण्डाफोर गरे। त्यो कुरा प्रमाणित भएकोले भारत इलाहावादको जेल-चलान गरी तीन जनालाई सजाय गरियो।[३] जंगबहादुर बेलायत गएका बखतमा फर्केपछी हत्या गर्ने बद्री नरसिंह राणा र जयबहादुर राणाको योजनाको पोल उनले खोलेका थिए ।
राजा सुरेन्द्र तथा प्रधानमन्त्री जंगबहादुर विरुद्ध षड्यन्त्र रचेको अभियोगमा उनलाई पक्राउ गरी चुनारको किल्लामा नजरबन्दमा राखिएको थियो ।
तर पछि आमाको आग्रहमा उनलाई माफी दिई फिर्ता बोलाइयो र मृत्युपर्यन्त उनी पाल्पाको बडाहाकिम रहे ।[४]
उनका छोराहरु कुमार नरसिंह राणा र किशोर नरसिंह राणा नेपालका प्रख्यात वास्तुविद थिए ।
सन्दर्भ
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.