एलन मस्क
दक्षिण अफ्रिकी - क्यानेडियन अमेरिकी उद्यमी / From Wikipedia, the free encyclopedia
इलोन रिभ मस्क (अङ्ग्रेजी: Elon Reeve Musk) FRS (/ˈiːlɒn/;(जन्म जुन २८, १९७१) एक दक्षिण अफ्रिकामा जन्मिएका क्यानडेली-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् ।[8][9][10][11][12][13][14] उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी र प्रमुख डिजाइनर हुन्।;[15] टेस्ला इन्कको सुरुवाती लगानीकर्ता,[16][note 1] सि.इ.ओ र प्रोडक्ट आर्किटेक्ट ;[19][20] द बोरिङ कम्पनीको संस्थापक;[21] न्युरालिंकको सह-संस्थापक; र ओपन ए आइको सह-संस्थापक तथा सुरुवाती अध्यक्ष हुन् [22] उनी २०१८ मा फेलो अफ रोयल सोसाइटीको रूपमा निर्वाचित भएका थिए।[23][24] २०१८ मा, उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए,[25] र २०१९ कोमस्ट इनोभेटिब लिडरमा पहिलो स्थान मा परेका थिए।[26] १४ अगस्ट २०२० को अनुसार उनको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ र उनी फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत भएका थिए ।[27][28][29] उनी विश्वव्यापी रूपमा कुनै पनि अटोमोटिब निर्माताको सबैभन्दा लामो कार्यकाल काम गर्ने प्रमुख कार्यकारी अधिकृत हुन् ।[30]
एलन मस्क | |
---|---|
जन्म | एलन रिभ मस्क (1971-06-28) जुन २८, १९७१ (उमेर ५३) प्रिटोरिया, Transvaal, दक्षिण अफ्रिका |
वासस्थान | Bel Air, लस एन्जलस, क्यालिफोर्निया, अमेरिका[1][2] |
नागरिकता |
|
मातृ शिक्षाप्रतिष्ठान | |
पेशा | उद्यमी, ईन्जिनियर, र लगानीकर्ता |
जम्मा सम्पति | यूएस $ १९ .६६ अरब (अप्रिल २०१८)[5] |
उपाधि |
|
जीवनसाथी | |
सन्तान | ६ |
मातापिता |
|
आफन्त |
|
हस्ताक्षर | |
खरबपति [31] मस्क जनवरी २०२१ मा, जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बने।[32]