![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/73/Billionaire%2527s_net_worth_2000-2015.png/640px-Billionaire%2527s_net_worth_2000-2015.png&w=640&q=50)
विश्वका अर्बपतिहरू
From Wikipedia, the free encyclopedia
विश्वका अर्बपतिहरू एक वार्षिक वरियता प्रणाली हो। यसले विश्वका सबैभन्दा धनी अर्बपतिहरूको कुल सम्पत्तिका आधारमा दस्तावेजको प्रस्ताव गर्दछ, जसलाई अमेरिकी व्यापार पत्रिका फोर्ब्सले सामान्यतया मार्च महिनामा वार्षिक रूपमा सङ्कलन र प्रकाशन गर्ने गर्दछ। यसको सूची पहिलो पटक सन् १९८७ को मार्चमा प्रकाशित भएको थियो।[3] सूचीमा प्रत्येक व्यक्तिको कुल सम्पत्ति अनुमान गरिएको हुन्छ, जुन अमेरिकी डलरमा उनीहरूको दस्तावेजीकृत सम्पत्ति र ऋणको लेखामा आधारित छ। तिनिहरूको स्थितिबाट आउने शाही परिवार र तानाशाहहरूको धन यो सूचीमा समावेश गरिएको छैन। [3] यस क्रमबद्ध दस्तावेज सर्वाधिक धनी व्यक्तिहरूको सूचकाङ्क पनि हो। नेपालका एकमात्र र यस पत्रिकामा सूचीबद्द गरिएका नेपाली पहिला अर्बपति विनोद चौधरी हुन्। फोर्ब्सको सन् २०१९ को अर्बपतिहरूको सूचीमा, उनी १३४९औँ स्थानमा रहेका थिए।[4]
खुद सम्पत्तिका आधारमा सूचीकृत विश्वका अर्बपतिहरूको सूची | |
![]() | |
![]() विश्वका अर्बपतिहरूको कुल सम्पत्ति सन् २००० मा १ खर्ब अमेरिकी डलरबाट बढेर सन् २०१५ मा ७ खर्ब अमेरिकी डलर पुगेको थियो। | |
प्रकाशक विवरण | |
---|---|
प्रकाशक |
|
प्रकाशक | फोर्ब्स |
प्रथम प्रकाशन | मार्च १९८७[1] |
हालैको प्रकाशन | ७ अप्रिल २०२० |
हालको सूचीको विवरण (सन् २०२०)[2] | |
सबैभन्दा धनी | जेफ बेजोस |
खुद सम्पत्ति (प्रथम) | ![]() |
अर्बपतिहरूको सूची | ![]() |
खुद सम्पत्ति मुल्यको सूची | ![]() |
सूचीमा नयाँ सदस्यहरू | ![]() |
फोर्ब्स: विश्वका अर्बपतिहरूको सूची |
सन् २०१८ मा, उक्त सूचीमा सर्वाधिक धनी २,२०८ व्यक्तिहरूको तथ्याङ्क राखिएको थियो, जसमा २५९ नयाँ व्यक्तिहरू प्रायः चीन र अमेरिकाका नागरिक थिए।[5] त्यस सूचीमा ४० भन्दा कम उमेरका ६३ जना व्यक्तिहरू थिए भने, उक्त सूचीमा सर्वाधिक धनी २५६ महिलाहरूको तथ्याङ्क राखिएको थियो। सूचीको औसत खुद मूल्य सन् २०१७ मा ४.१ अर्ब अमेरिकी डलरमा आएको थियो , जुन सन् २०१७ को सूचीमा सूचीकृत २५ करोड अमेरिकी डलर भन्दा बढी हो। संयुक्त रूपमा, सन् २०१८ को अर्बपतिहरूका लागि कुल सम्पत्ति ९.१ खर्ब अमेरिकी डलर थियो, जुन सन् २०१७ को सूचीमा सूचीकृत ७.६७ खर्ब अमेरिकी डलर भन्दा बढी हो।[6] सन् २०१८ सम्ममा, माइक्रोसफ्टका संस्थापक बिल गेट्स विगत २४ वर्षको सूचीमा शीर्ष स्थानमा यथावत् थिए, जबकि अमेजनका संस्थापक जेफ बेजोस सन् २०१८ को सूचीमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएका थिए र वरियता अनुसार उनी पहिलो अर्बपति बनेका थिए।[6][7][8] सन् २०१७ मा, फेसबुकका सह संस्थापक मार्क जुकरबर्ग ५० वर्ष भन्दा कम उमेरका शीर्ष १० अर्बपतिहरूको सूचीमा सूचीकृत एक मात्र व्यक्ति बनेका थिए[9][10] र उनी शीर्ष २० अर्बपतिहरूको सूचीमा सूचीकृत ४० वर्ष भन्दा कम उमेरका एक मात्र व्यक्ति पनि हुन्।[7] सन् २०१७ मा, ब्लुमबर्ग समाचारको एक प्रतिवेदनका अनुसार संसारका सर्वाधिक धनी ५०० व्यक्तिहरू १०० खर्ब अमेरिकी डलर सम्पत्तिका साथ धनी भएका थिए।[11][12] सन् २०१७ को अक्सफ्याम प्रतिवेदनका अनुसार, शीर्ष आठ अर्बपतिहरूले "मानव जातिको सबैभन्दा गरीब आधा जनसङ्ख्या जत्तिकै संयुक्त सम्पत्तिको स्वामित्व राख्दछन्।[13][14]