एडल्फ हिटलर
जर्मनी को फुहरर र रेइक चान्सलर, नाजी पार्टीको नेता / From Wikipedia, the free encyclopedia
एडल्फ हिटलर (जर्मनेली: [ˈadɔlf ˈhɪtlɐ]; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।
एडोल्फ हिटलर | |
---|---|
जर्मनीका फ्युरर | |
कार्यकाल 2 August 1934 – 30 April 1945 | |
पूर्वाधिकारी | हिडेनवर्ग (राष्ट्रपतिको रुपमा) |
उतराधिकारी | Karl Dönitz (राष्ट्रपतिको रुपमा) |
जर्मनीका चान्सलर | |
कार्यकाल 30 January 1933 – 30 April 1945 | |
राष्ट्रपति | पौल भोन हिडेनवर्ग |
सहायक |
|
पूर्वाधिकारी | Kurt von Schleicher |
उतराधिकारी | Joseph Goebbels |
Reichsstatthalter of Prussia | |
कार्यकाल 30 January 1933 – 30 January 1935 | |
प्रधानमन्त्री |
|
पूर्वाधिकारी | Office created |
उतराधिकारी | Office abolished |
व्यक्तिगत विवरण | |
जन्म | (१८८९-०४-२०)२० अप्रिल १८८९ Braunau am Inn, Austria–Hungary |
मृत्यु | ३० अप्रिल १९४५(1945-04-30) (उमेर ५६) बर्लिन, Germany |
मृत्युुको कारण | आत्महत्या |
राष्ट्रियता |
|
राजनीतिक दल | National Socialist German Workers' Party (1921–1945) |
अन्य राजनीतिक संलग्नता | German Workers' Party (1920–1921) |
जीवन साथी(हरू) | इभा ब्राउन (29–30 April 1945) |
पेशा | राजनीतिज्ञ, सेना , कलाकार, लेखक |
पुरस्कार |
|
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | German Empire |
शाखा/सेवा | Reichsheer |
सेवाको वर्षहरू | 1914–1918 |
श्रेणी | Gefreiter |
एकाइ | 16th Bavarian Reserve Regiment |
लडाई/युद्धहरू | प्रथम विश्वयुद्ध |
उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल 'कु' को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र कम्युनिष्ठ बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।