इभा ब्राउन
From Wikipedia, the free encyclopedia
इभा आना पउला हिटलर (जन्म: ६ फेब्रुअरी १९१२ - ३० अप्रिल १९४५) आडोल्फ हिटलरको लामो समय देखिको साथी र ४० घण्टा भन्दा पनि कम समयसम्म उनकी श्रीमती थिइन्। ब्राउनले १७ वर्षको उमेरमा जर्मनीको सहर मुन्छेनमा हिटलरलाई भेटेकी थिइन्। उनीहरूको प्रारम्भिक सम्बन्धमा उनले दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। सन् १९३६ देखि उनी ब्यागतिसगादन नजिकैको ब्यागओफ उनको घरको एक सदस्य बनेकी थिइन् थिइन् भने दोस्रो विश्वयुद्ध भरि त्यहाँ उनले भित्री जीवन बिताएकी थिइन्। ब्राउन एक तस्वीर चित्रणकर्ता थिइन्, र उनले हिटलरका धेरै तस्वीर र श्रव्य दृश्यहरू कैद गरेकी थिइन्। उनी हिटलरको आन्तरिक सामाजिक घेरामा महत्त्वपूर्ण व्यक्तित्व थिइन्। उनीहरूको विवाह २९ अप्रिल १९४५ मा भएको थियो भने उनीहरू दुबैले आफ्नो आत्महत्याको १ दिन अगाडि विवाह गरेका थिए।
इभा ब्राउन | |
---|---|
जन्म | इभा आना पउला ब्राउन (१९१२-०२-०६)६ फेब्रुअरी १९१२ मुन्छेन, जर्मनेली साम्राज्य |
मृत्यु | ३० अप्रिल १९४५(1945-04-30) (उमेर ३३) बर्लिन, जर्मनी |
मृत्युको कारण | साइनाइड सेवनद्वारा आत्महत्या |
अन्य नाम | इभा हिटलर |
पेशा | तस्वीर चित्रणकर्ता; हेनरिच होफम्यान कार्यालय र प्रयोगशालामा सहयोगी |
चिनारीको कारण | आडल्फ हिटलरकी साथी र श्रीमती |
जीवनसाथी | |
आफन्त | इल्से ब्राउन (दिदी) ग्रेटेल ब्राउन (बहिनी) |
उनले हिटलरसँग एक छोटो नागरिक समारोहमा विवाह गरेकी थिइन्। विवाह गर्दा उनी ३३ वर्षकी थिइन् र हिटलर ५६ वर्षका थिए। ४० घण्टा भन्दा कम समय पछि उनीहरूले इन्धन राखिने कोठामा गई सँगै आत्महत्या गरेका थिए। उनले साइनाइडको गोली निलेर आत्महत्या गरेकी थिइन् भने उनका श्रीमान हिटलरले आफ्नै टाउकोमा गोलीले हानी आत्महत्या गरेका थिए। जर्मनेली जनताहरू उनको मृत्यु हुनु भन्दा अगाडि हिटलरसँग सम्बन्ध रहेको बारेमा अज्ञात थिए।