मोहन शमशेर जङ्गबहादुर राणा

राणा शासनका अन्तिम प्रधानमन्त्री From Wikipedia, the free encyclopedia

मोहन शमशेर जङ्गबहादुर राणा

मोहन सम्शेर जङ्गबहादुर राणा राणा शासनका अन्तिम प्रधानमन्त्री हुन्। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका र उनले उतैबाट राजीनामा दिएपछि मोहन शमशेर प्रधानमन्त्री भएका थिएँ। उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाट सिंहदरबार सरेका थिएँ। उनी चन्द्र शमशेरका जेठा छोरा थिएँ। उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र र जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिएँ।[]

छरितो तथ्यहरू १७औँ नेपालको प्रधानमन्त्री, पूर्वाधिकारी ...
मोहन शमशेर जङ्गबहादुर राणा
Thumb
१७औँ नेपालको प्रधानमन्त्री
कार्यकाल
वि.सं. २००५  वि.सं. २००८[]
पूर्वाधिकारीपद्म शमशेर
उतराधिकारीमातृका प्रसाद कोइराला
श्री ३ महाराज
कार्यकाल
वि.सं. २००५  वि.सं. २००८ कात्तिक २६
पूर्वाधिकारीपद्म शमशेर
उतराधिकारीपद अन्त्य
व्यक्तिगत विवरण
जन्मवि.सं. १९४२ पुस १३[]
मृत्युवि.सं. २०
अभिभावकचन्द्र शमशेर
बन्द गर्नुहोस्

कार्यहरू

श्री ३ मोहनले योजना परिषद्को आरम्भ गरी पञ्चवर्षीय विकास योजना र विकासका काम गर्न लगाउन थाले। उनले श्री ३ पद्म शमशेरद्वारा घोषित विक्रम संवत् २००४ को वैधानिक कानुनलाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी र देखावटी राजसभा र भारदारसभा गठन गरे। नगरसभाको गठन गरी २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० र १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमा पर्यटन उद्योगकाठमाडौँ- हेटौँडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मा सिंहदरबारमा आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरी रेडियो स्टेसन, हवाई विभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।

गाउँ पञ्चायत, नगर पञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिएँ। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिए।[] []

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०

Thumb
प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं‍. २००७ साउन १६.

चीनले तिब्बत कब्जा गरेपछि वि. सं. २००७ साउन १६ सोमबार ३१ जुलाई, १९५० मा नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरिएको थियो। १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठुलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।

सात सालको क्रान्ति

दिल्ली सम्झौता

दिल्लीमा राजा, राणा र कांग्रेस बीच त्रिपक्षीय वार्ता भयो जस अनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए। डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे।

अन्तरिम मन्त्री मण्डल

Thumb
सात सालको शाही घोषणाको सक्कल प्रति

दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो। जसअनुसार वि. सं. २००७ फागुन ७ मा निम्न अनुसार मन्त्री मण्डल बन्यो।

राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)

२००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम भयो। प्रधानमन्त्री मोहनशमशेरको योजनामा परराष्ट्र विभाग प्रमुख विजयशमशेर र भारतस्थित नेपाली राजदूत सिंहशमशेरको तारतम्यबाट यो सम्बन्धको विकास भएको थियो। त्यसपछि नै मोहनशमशेरलाई पदबाट राजीनामा दिन भारतीय दबाब बढेको थियो। त्यसनिम्ति तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उचालेर उनले पहिले राजीनामा दिएर पछि मोहनशमशेरलाई राजीनामा दिन बाध्य पारियो। गृहमन्त्री बीपीलाई थाहा नदिएर प्रहरीले गोली चलाउँदा विद्यार्थी नेता चिनियाँ काजी मारिएपछि बीपीले राजीनामा दिए।[]

निर्वासन र उत्तरार्ध जीवन

आफूले शासन गरेका प्रजाहरूबाट आफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मा स्व-निर्वासनमा गए। दानसिंह विष्टको प्रमुख आतिथ्य स्वीकार गरेर उतै बस्ने उद्देश्यले भारतको मसुरी पुगेका मोहनशमशेर त्यहाँको हावापानी र वातावरण आफू सुहाउँदो नपाएपछि लखनउ झरेका थिए । न्यु हैदरावादको खजुरगाउँ प्यालेसमा उनकी छोरीको घर थियो । उनलाई खजुरी महारानीका नामले सम्बोधन गरिन्थ्यो ।

बेंग्लोरमै बाँकी जीवन बिताउने उद्देश्यले मोहनशमशेर लखनउबाट सीधै उता लागे । तर दुर्भाग्य! यसैबीच २९ डिसेम्बर १९५३ मा उनका छोरा विजयशमशेरको नेपाली राजदूतका रूपमा दिल्लीमा पदमा बहाल रहेकै अवस्थामा करेन्ट लागेर निधन भयो ।[] त्यो दु:ख त छँदै थियो, बेंग्लोरमा बस्दाबस्दै मोहनशमशेरकी श्रीमतीको पनि त्यहीँ निधन भयो । अर्को घटना पनि भयो, चर्खारी महारानीका रूपमा प्रख्यात मोहनशमशेरकी अर्की छोरीले अचानक बेंग्लोरमै आत्महत्या गरिन् ।

जो कसैको निधन पनि दु:खद नै हुन्छ । तर, केही मान्छेको निधन भने ज्यादै कारुणिक र हृदयविदारक हुँदो रहेछ । चिफसाहेब हुँदै श्री ३ बनेका मोहनशमशेर राणाको निधन त्यस्तै कारुणिक र हृदयविदारक थियो । आफ्नो जमानामा खुब मोजमज्जा र ऐसआराम फर्माएका उनको जीवनको उत्तरार्ध अस्वाभाविक दु:खमा बित्यो । मुलुकबाट लिएर गएको र छोराछोरीले व्यापार व्यवसाय गरेर जोडेको श्रीसम्पत्ति बिस्तारै सकिँदै गएपछि मोहनशमशेरका आर्थिक अभावका दिन सुरु भएका थिए । उनी लामो समय रोगले थलिए । स्याहारसुसार र हेरचाह गर्ने छोराछोरी र श्रीमती कोही नभएपछि उनमा पीडाको झलक देखिन थालेको थियो । कुनै समय मुलुकको शासनसत्ता र आर्थिक दृष्टिले पनि राज्यसम्पत्तिमा रजगज गरेका मोहनशमशेरको अवसान भने ज्यादै दु:खद रह्यो । परिवारका अधिकांश सदस्य गुमाएपछि एक्लो बन्न पुगेका उनको निधनमा आँसु चुहाउने परिवारका सदस्य पनि नगण्य थिए । []

व्यक्तिगत जीवन

मोहन शमशेर धार्मिक प्रवृत्तिका व्यक्ति थिएँ। मोहनशमशेर एक छाक मात्र खाना खान्थे। त्यसैले बिहानको खानाका परिकार भव्य हुन्थ्यो।

सन्तानहरू

  • शरद शमशेर राणा
  • विजय शमशेर राणा
  • मोह भक्त राज्य लक्ष्मी
  • थगेन्द्र राज्य लक्ष्मी
  • रुपराज्य राज्य लक्ष्मी
  • लिला राज्य लक्ष्मी
  • महेन्द्र राज्य लक्ष्मी
  • शारदा राज्य लक्ष्मी [१०]

मृत्यु

वि.सं. २००८ साल कात्तिक २६ गते मोहनशमशेर मुलुकको प्रधानमन्त्रीबाट हट्न बाध्य भए। त्यसको केही समयपछि उनी भारततर्फ लागेका थिएँ। वि.सं. २०२४ साल पुस २३ गते ८२ वर्षको उमेरमा भारतको बैंगलोरमा उनको निधन भएको थियो।

सन्दर्भ सामग्रीहरू

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.