दिल्ली सम्झौता
From Wikipedia, the free encyclopedia
दिल्ली सम्झौता राणा , नेपाली कांग्रेस र राजा त्रिभुवनको बीच दिल्लीमा त्रिपक्षीय (मौखिक) सम्झौता थियो।
- त्रिभुवन, बिपी कोइराला र नेहरु (दिल्ली विमानस्थलमा)
- सात सालको शाही घोषणाको कानूनी दस्तावेज
राजा त्रिभुवनको राणाविरोधी मनोवृत्ति नेपालमा लामो समयदेखि खुला रहस्य रहेको थियो। २१ कार्तिक २००७ मा राजा त्रिभुवनले राणाको बिरूद्ध भारतीय दूतावासमा शरण लिए। उनीसंग उनका छोरा महेन्द्र र जेठो नाति वीरेन्द्र लगायत अरुहरु थिए। राजा त्रिभुवन कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे । तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र अन्य उच्च अधिकारीहरूले राजा त्रिभुवनलाई औपचारिक स्वागत गरे।
तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेबु्अरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो । दिल्लीमा सम्झौता गरेपछि राजा त्रिभुवन भारत (दिल्ली) प्रवासबाट नेपाल फर्कंदा भारत सरकारले राजाको निजी सचिव बनाई गोविन्द नारायण (भारत सरकारका पूर्वप्रमुख सचिव) लाई पनि सँगै पठाएको थियो
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र फागुन ७ मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.