नेपालका राजनितीज्ञ From Wikipedia, the free encyclopedia
मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। कृष्णप्रसाद कोइरालाले दुई श्रीमती मध्ये जेठी श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद कोइराला एक छोरा मात्र जन्म भयो। कान्छी श्रीमती दिव्या कोइरालाबाट भने चार छोराहरू - पूर्वप्रधान मन्त्रीद्वय विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला एवं अन्य दुई छोराहरू - केशवप्रसाद कोइराला (उनी दिवंगत भएको र उनकी श्रीमती नोना कोइरालाको वि. सं. २०६३ मा निधन भयो।) र तारिणीप्रसाद कोइराला जन्मिएका थिए।
मातृका प्रसाद कोइराला | |
---|---|
अमेरिकाका लागि नेपाली राजदूत | |
कार्यकाल सन् १९६१ – १९६४ | |
पूर्वाधिकारी | ऋषिकेश शाह |
उतराधिकारी | पद्म बहादुर खत्री |
१८औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०१० असार २[1] – २०११ फागुन १९ [2] १९५२ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | मोहन शमशेर ज.ब.रा. |
उतराधिकारी | राजा त्रिभुवनको शासन |
कार्यकाल १५ जून १९५३ – १४ अप्रिल १९५५ | |
एकाधिपति | त्रिभुवन, महेन्द्र |
पूर्वाधिकारी | राजा त्रिभुवनको शासन |
उतराधिकारी | राजा महेन्द्रको शासन |
नेपाली काँग्रेसका प्रथम अध्यक्ष | |
कार्यकाल १२ अप्रिल १९५० – २६ मे १९५२ | |
उतराधिकारी | विश्वेश्वरप्रसाद कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | बनारस, बेलायती शासन | १ जनवरी १९१२
मृत्यु | ११ सेप्टेम्बर १९९७ ८५) विराटनगर, नेपाल | (उमेर
अभिभावक(हरू) | कृष्ण प्रसाद कोइराला मोहन कुमारी कोइराला |
आफन्तहरू | कोइराला परिवार हेर्नुहोस् |
मातृकाप्रसाद कोइरालाको राजनीतिक जीवन भारतको स्वतन्त्रता सङ्ग्रामबाट सुरू भएको हो। भारतीय नेताहरू डा. राजेन्द्रप्रसाद, डा. मनोहर लोहिया र लालबहादुर शास्त्रीसँग सँगै सहभागी भएका कोइरालालाई गिरफ्तार गरी वि. सं. १९८७ सालमा भारतको बिहारस्थित मोतीहारी जेलमा राखिएको थियो। गान्धीवादी दर्शनबाट प्रभावित कोइरालाले उच्च शिक्षामा भारतबाट स्नातकसम्म अध्ययन गरेका थिए भने भारतबाटै विद्यालंकार समेत ग्रहण गरेका थिए। त्यसपछि सन् १९३० तिर मातृकाप्रसाद कोइराला नेपाल आए। सुरूमा उनले सरकारी जागिर खाए। वि. सं. २००४ सालमा भएको विराटनगर जुट मिलको श्रमिक आन्दोलनमा नेतृत्व तहको भूमिका निर्वाह गरे। यो नै उनले नेपालमा गरेका राजनीतिमा सक्रिय भूमिकाको पहिलो कदम थियो। वि. सं. २००३ सालमा उनी नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक अध्यक्ष बने। २००६ सालमा नेपाली कांग्रेसको संस्थापक सदस्य र पहिलो निर्वाचित सभापति बने।
उनी वि. सं. २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) भए। वि. सं. २००८ सालमा मोहनशमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठुलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे। मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो। नेपाली कांग्रेसभित्र प्रधानमन्त्री ठुलो कि पार्टी सभापति ठुलो भन्ने बहसले निकै व्यापकता पायो। कांग्रेसको कलह घरझगडा अन्तत: पार्टी फुटमा नै पुग्यो।[3]
मातृकाप्रसाद र विश्वेश्वरप्रसादबीचको द्वन्द्वका कारण नेपाली कांग्रेसको यो सरकार एक वर्ष पनि टिकेन। २६ साउन २००९ मा मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए। राजा त्रिभुवनले केशर शमशेर राणासहितको ६ सदस्यीय परामर्शदाताबाट ११ महिना जति शासन सत्ता चलाए।
मातृकाप्रसादले नेपाली कांग्रेस परित्याग गरि नेपाल प्रजा पार्टी गठन गरे। २ असार २०१० मा फेरि मातृकाप्रसादकै प्रधानमन्त्रीत्वमा ५ सदस्यीय मन्त्रिमण्डल गठन भयो।[4] त्यो सरकार राष्ट्रिय प्रजा पार्टीको थियो। १९ फागुन २०११ मा युवराजाधिराजको हैसियतमा तत्कालीन प्रमुख राज-प्रतिनिधि महेन्द्रले मातृकाप्रसादको सरकार विघटन गरे।[5]
वि. सं. २०१७ सालको राजनीतिक घटनाक्रममा उनले एक महिनासम्म जेल जीवन बिताउनुपर्यो।
वि. सं. २०१८ सालमा अमेरिकाका लागि शाही नेपाली राजदूत हुनुका साथै संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिमा नियुक्त भए। उनी वि. सं. २०३० सालमा राष्ट्रिय विकास परिषद् मा मनोनित भए। वि. सं. २०३१ सालमा विश्व शान्ति सम्मेलनको नेतृत्व गरेका थिए।
वि. सं. २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भए पनि वि. सं. २०३५ सालमा राजीनामा दिए। २०३६ सालमा मोरङ जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा पुनः निर्वाचित भए।
वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् वि. सं. २०४९ सालमा कोइरालाले प्रजातान्त्रिक पार्टीको अधिवेशन आह्वान गरे। उक्त अधिवेशनपछि प्रजातान्त्रिक पार्टी राष्ट्रिय जनता परिषद् बन्यो। उनी मरणोपरान्त सो पार्टीको अध्यक्ष रहे।
मानार्थ ब्रीगेडियन जनरल (महारथी)को उपाधि प्राप्त कोइराला २००८ सालमा 'गोर्खाली' र 'जन्मभूमि' पत्रिकाको सम्पादक भए। उहाँका 'मेरो असम यात्रा', 'कोशीको कथा', 'मातृकाका कथा', 'पीपाको हबल्दार' जस्ता कृतिहरूलगायत विभिन्न पत्रिपत्रिकामा लेखरचनाहरू प्रकाशित छन्। उनी केही वर्षदेखि आफ्नो जीवनी लेखिरहेका थिए।
उनको निधन वि. सं. २०५४ साल भदौ २६ गते काठमाडौँमा भयो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.