त्रियुगा नगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
त्रियुगा नेपालको कोशी प्रदेशमा रहेको उदयपुर जिल्लाको एक नगरपालिका हो। उदयपुर जिल्लाको सदरमुकाम गाईघाट यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। उदयपुर जिल्लामा रहेका तत्कालिन गाईघाट, देउरी र भुमरसुवा गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा विकास भइरहेको नगर हो। यस नगरपालिकाभित्र सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। नगरपालिका कुल १६ वडामा विभाजित छ।[4] त्रियुगा नगरपालिकाको पूर्वमा चौदण्डीगढी नगरपालिका, पश्चिममा उदयपुरगढी गाउँपालिका र सप्तरी जिल्ला, उतरमा रौतामाई गाउँपालिका र खोटाङ जिल्ला तथा दक्षिणमा सप्तरी जिल्ला रहेका छन्।
त्रियुगा | |
---|---|
निर्देशाङ्क: २६°४७′३१″उ॰ ८६°४१′५६″पू॰ | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | उदयपुर जिल्ला |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४[1] |
समावेश (गाविस) | गाईघाट, देउरी र भुमरसुवा |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
समावेश (गाविस) | जोगीदह, साउने, खाँबु र जल्पाचिलाउने |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२ |
सरकार | |
• नगरप्रमुख | वसन्तकुमार बस्नेत (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | महेश्वरी राई (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ५४७.४३ किमी२ (२११.३६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १०२,७२५ |
• घनत्व | १९०/किमी२ (४९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ५६३०० |
क्षेत्रीय सङ्केत | ०३५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
यो सहर त्रियुगा नदीको किनारमा अवस्थित रहेको हुनाले यसकै नाउँमा त्रियुगा नगरपालिका राखिएको हो।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रियुगा नगरपालिकाको कुल जनसङ्ख्या १,०२,७२५ रहेको छ भने यहाँ २५,६२३ घरधुरी रहेका छन्।[3]
नेपाल राजपत्रमा वि.सं. २०५३ चैत्र १४ गते प्रकाशित सूचना अनुसार तात्कालिन गाईघाट, देउरी र भुमरसुवा गाविसहरूलाई मिलाएर यो नगरपालिकाको स्थापना भएको हो। वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम यस नगरपालिकामा १६ वडा रहेका छन्।[5][6][7] क्षेत्रफलको आधारमा यो नेपालको तेस्रो सबैभन्दा ठूलो नगरपालिका हो।
स्थानीय तह पुनर्संरचना आयोगले वि.सं. २०७३ फाल्गुन २२ गते गरेको सिफारिसलाई नेपाल सरकारले अनुमोदन गरि नेपाल राजपत्रमा वि.सं. २०७३ फाल्गुन २७ गते प्रकाशित गरेपछि यस नगरपालिकामा उदयपुर जिल्लाका तत्कालिन जोगीदह, साउने, खाँबु र जल्पाचिलाउने गाउँ विकास समितिलाई सम्मिलित गरिएको थियो। वर्तमान समयमा यो नगरपालिकाको कुल क्षेत्रफल ५४७.४३ वर्ग किलोमिटर भएको छ।[8]
यो सहर प्रसिद्ध तथा ऐतिहासिक उदयपुर उपत्यकामा छ। सेन वंशको सत्ता केन्द्र र वि.सं. २०२७ को अन्त्यसम्म उदयपुर जिल्लाको सदरमुकाम उदयपुरगढी[9] रहेकोमा[10] नेपाल सरकारको निर्णयपछि जिल्लाको सदरमुकाम गाईघाट सारिएको थियो।[11]
यस उपत्यकाको पूर्व तिर कोशी नदी बग्छ जुन नेपालको सबैभन्दा ठुलो नदी हो। कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल, गोही तथा सोँस पनि पाइन्छन्। कोशी नदीको मध्यमा एउटा टप्पु छ जुन वन्यजन्तुहरूको लगि सुरक्षित गरिएको छ। यो टप्पु एक प्रकारको पानी भैसी (अर्ना) को घर पनि हो। कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्राष्ट्रिय महत्त्व राख्ने भूमि हो। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी)हरू पाइने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: हरिण, रतुवा, निलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावरहरू पाइन्छन्। यसलाई सन् १९८७ मा रामसार क्षेत्र घोषित गरिएको थियो। यो टप्पु क्षेत्र २८० प्रजातिका चराचुरङ्गीहरूको घर पनि हो।[12]
यस नगरपालिकाले हरेक जातजाति र भाषाभाषीहरूको आस्था अनुरूप विभिन्न मठमन्दिर र थानहरूको सुरक्षा गर्दै आइरहेको छ जसले ऐतिहासिक, धार्मिक एवं दर्शनीय स्थलको रूपमा पर्यटकीय सम्भावना बोकेका छन्।[13] यी पवित्र सम्पदाहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ।
यो सहरमा स्थानीय स्तरका विभिन्न वित्तीय संस्था खुलेका छन्। राष्ट्रिय स्तरका बैङ्कहरूले पनि आफ्नो शाखा कार्यालय खोलेर सेवा प्रदान गर्दै आइरहेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी एसिया बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक, सिभिल बैंक आदि बैङ्कहरूको शाखा कार्यालय गाईघाटमा छन्।
सगरमाथा राजमार्गले (जुन लहानभन्दा केही किमी पूर्व कदमाहा देखि सुरु हुन्छ) त्रियुगा नगरलाई पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को कदमाहामा जोड्छ। त्रियुगालाई देशका मुख्य मुख्य सहरहरूमा यातायात सञ्जाल मार्फत जोड्ने मार्ग पनि यहि हो। सगरमाथा राजमार्गले गाईघाटलाई उत्तर तर्फका पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बसँग जोड्छ। बेल्टारहुँदै पूर्वमा धरान र कटारीहुँदै पश्चिममा सिन्धुली पुगिने गरि पूर्व-पश्चिम राजमार्गको वैकल्पिक खण्डको रूपमा विकास भएको सडक पूर्वाधार पनि त्रियुगा नगर हुँदै जान्छ।
नगरभित्र आवत जावत गर्न निजी सवारीसाधनको रूपमा साइकल र मोटरसाइकल अत्याधिक प्रयोग हुन्छन्। नगर भित्र टेम्पो, ट्याक्सी, अटो, रिक्सा, मिनि बस जस्ता भाडाका सवारीसाधन सञ्चालित छन्। छोटो तथा लामो दुरीका सार्वजनिक सवारीसाधन दैनिक रूपमा सञ्चालन हुनाले देशका प्रमुख सहरहरूबाट सजिलै यात्रा गर्न सकिन्छ।
राष्ट्रिय समाचार पत्रहरू जस्तै कान्तिपुर, द काठमान्डू पोस्ट, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, नागरिक, रिपब्लिका, गोरखापत्र आदि बिहान बिहानै उपलब्ध हुन्छन्। क्षेत्रीय टेलिभिजन जसको नाम जी-म्युजिक हो यहाँबाट केबलको माध्यमले प्रसारित गरिन्छ। यहाँ केबल टेलिभिजन सेवाहरू पनि उपलब्ध छन्। यहाँबाट कयौं क्षेत्रीय समाचार पत्रहरू दैनिक, साप्ताहिक या मासिक आधारमा प्रकाशित हुन्छन्। माझखड्का, त्रियुगा पोस्ट, बरुआ टाइम्स, उदयपुर पोस्ट आदि यहाँबाट प्रकाशित हुने समाचार पत्रपत्रिका हुन्। यहाँ एफएम स्टेसनहरू पनि छन् जहाँबाट मनोरञ्जनका साथै समाचारहरू पनि प्रसारित भइरहेका रहन्छन्। यहाँबाट प्रसारण भइरहेका एफएमहरू यस प्रकार छन्:
यस बाहेक कान्तिपुर एफएम, इमेज एफएम तथा सप्तकोशी एफएम प्रष्टसँग सुन्न सकिन्छ।
यो सहरमा नेपाल टेलिकमको तार तथा तार-रहित टेलिफोन र फ्याक्स सेवा उपलब्ध छ भने एनसेलले तार-रहित टेलिफोन सेवा दिंदै आएको छ। नेपाल टेलिकम र एनसेलको फोर जी इन्टरनेट नेटवर्क रहेको सहरमा ब्रोडलिङ्क, वर्ल्डलिङ्क, सुविसु आदिको इन्टरनेटको सुविधा पनि उपलब्ध छ।
यस नगरमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो। वि.सं. २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग नगरपालिकाको वडा नं. ११ जलजलेको वनक्षेत्रमा अवस्थित छ। आवश्यक चुनढुङ्गा भने नगर क्षेत्र बाहिर उदयपुर जिल्लाकै उत्तरी भेगको सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरू बनाइएको छ।
In this Municipality, There is Devika Copy Udhyog which produces Notebooks and Registers. It is located to PG Chowk, Ward 11 of Triyuga Municipality. [14]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.