अर्ना

From Wikipedia, the free encyclopedia

अर्ना

अर्ना (वैज्ञानिक नाम: Bubalus arnee) बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) नेपाल, भारत, भूटान, म्यानमारथाइल्याण्डमा बचेका छन। अर्ना पाकिस्तान, बङ्गलादेश, लाओसभियतनाम लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी अस्ट्रेलियामा पनि पाइन्छन्।

छरितो तथ्यहरू अर्ना, संरक्षण स्थिति ...
अर्ना
Thumb
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
सङ्घ:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
गण:Artiodactyla
परिवार:Bovidae
उपपरिवार:गोवंश
Tribe:Bovini
वंश:ब्युबलस
(Kerr, 1792)
प्रजाति:
B. arnee
वैज्ञानिक नाम
Bubalus arnee
(Kerr, 1792)
Subspecies
  • B. a. arnee
  • B. a. fulvus
  • B. a. septentrionalis
  • B. a. migona
Thumb
अर्ना पाइने स्थान
बन्द गर्नुहोस्

घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ। उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ। त्यतिहुदा हुदै पनि यी दुईमा केहि भिन्नता छन्। अर्नाको कानको रौं र घुडाको घेरा सेता हुन्छन्। आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ।

आई यु सि एन(IUCN)ले अर्नालाई यसको खतरामा परेका प्रजातिको रातो सुची(Red List of Threatened Species)मा सुचीकृत गरेको छ। अहिले विश्वमा अर्नाको कुल संख्या ४,००० भन्दा कम छ, जसमा परीपक्व अर्नाको संख्या २,५०० भन्दा कम रहेको अनुमान गरीएको छ।

शारीरिक विशेषता

अर्नाको तौल ७०० देखि १२०० किलोग्राम सम्म हुन्छ। यसको उचाई १५० देखि १९० सेन्टिमिटर सम्म हुन्छ। खरानी खैरो देखि कालो छाला हुने र घाँटी,मुख, आँखा, कान र खुट्टामा सेता धर्का हुन्छन् ।[]

वासस्थान

अर्ना ओसिलो घाँसे मैदान,धापिलो क्षेत्र र बाक्लो वनस्पति भएको बाढी गइरहने समतल भू-भाग वा उपत्यकामा बस्छ ।

संख्या तथा संरक्षण स्थिति

नेपालमा अर्नाको संख्या

  • २०३२ साल- ६३ वटा
  • २०६५ साल- २१९
  • २०६६ साल- २१४
  • २०६७ साल- २३७
  • २०६८ साल- २५९
  • २०७० साल-३३७ रहेको छ।[]

अर्ना सम्बन्धी कसुर

अर्ना मार्ने वा घाइते बनाउनेलाई बढिमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ।[]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.