![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4d/OM_in_Rakhi.jpg/640px-OM_in_Rakhi.jpg&w=640&q=50)
श्रावण शुक्ल पूर्णिमा
From Wikipedia, the free encyclopedia
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णीमाका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेद जयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् । :उपाकर्मणिचोत्सर्गे
- गतेमासचतुष्टये।
- नवयज्ञोपवीतानि
- धृत्वाजीर्णानि संत्यजेत्॥
जनै पूर्णिमा | |
---|---|
![]() रक्ष्या सूत्र | |
वैकल्पिक नाम | राखी, राखड़ी, नेपाली: रक्ष्या बन्धन; मराठी: रक्षा बंधन; हिन्दी: रक्षा बन्धन, कन्नड: ರಕ್ಷಾ ಬಂಧನ, राखी पूर्णिमा , (पन्जाबी: ਰੱਖੜੀ) |
अनुयायी | हिन्दू |
प्रकार | धार्मिक, सांस्कृतिक, धर्म निरपेक्ष |
मिति | साउनको पूर्णिमा |
सम्बन्धित | भाई टिका |
अर्थात् उपाकर्म,उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत)फेर्ने चलन छ । यसदिन मन्त्रेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन भण्डारण गर्ने चलन छ ।