कुश
From Wikipedia, the free encyclopedia
कुश एक प्रकारको धारिलो घाँसे वनस्पति हो। यसको धार्मिक र आयुर्वेदिक महत्त्व पनि छ । हिन्दू धर्मावलम्बीका लागि कुश विभिन्न धार्मिक संस्कार एवं कर्मकाण्डमा अनिवार्य र पवित्र वस्तु मानिन्छ। बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको दिनलाई मृत पिताप्रति सम्झना प्रकट गर्ने र आ–आफ्नो घरघरमा ब्राह्मणद्वारा कुश ल्याउने महत्त्वपूर्ण पर्वको रूपमा चिनिन्छ।[5] तराईदेखि पहाडसम्म पाइने यस वनस्पतिका पात र जरा विविध उपचारका लागि आयुर्वेदिक औषधि र सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ।[6] कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ।[7] तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नुपर्छ । पहिले-पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) बटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।
छरितो तथ्यहरू कुश, वैज्ञानिक वर्गीकरण ...
कुश | |
---|---|
प्रयोगका लागि तयार पारिएको कुश | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | Commelinids |
गण: | Poales |
कुल: | Poaceae |
वंश: | Desmostachya |
प्रजाति: | D. bipinnata |
वैज्ञानिक नाम | |
Desmostachya bipinnata (L.) Stapf[1] | |
पर्याय[2][3][4] | |
|
बन्द गर्नुहोस्