From Wikipedia, the free encyclopedia
दतिवन वा अपामार्ग एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ। दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ।
दतिवन | |
---|---|
दतिवन अथवा अपमार्ग | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Core eudicots |
गण: | Caryophyllales |
कुल: | Amaranthaceae |
वंश: | Achyranthes |
वैज्ञानिक नाम | |
Achyranthes aspera | |
छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ। यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउामा मलहमको रूपमा लगाउन सकिन्छ। कुकुर, सर्प र बिच्छीले टोकेको ठाउामा दतिवनको पातको रस तुरुन्तै लगाइदिदा विष शरीरभित्र छिटो फैलन पाउदैन। उपचार केन्द्र लैजादा गर्दा यो घरेलु उपाय प्रयोग गर्न सकिन्छ।
दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ। त्यस्तै पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ। मूत्रथैली र मृगौलाको पत्थरीलाई विस्तारै स-साना टुक्रा पारी पिसाबबाट निकाल्ने क्षमता दतिवनमा हुन्छ। त्यसरी पत्थरी हटाउन दतिवनको ताजा जरा छ ग्राम जति पानीमा पिाधेर छान्नुपर्छ र नियमित पिउने गर्नुपर्छ। आखामा फुलो परेमा दतिवनको सफा जरा महमा घोटेर बनाइएको लेप गाजलझै लगाउन सकिन्छ।
दतिवनमा 'एकारिन्थीन' नामक तत्त्व पाइन्छ। उक्त तìवमा रक्तचाप कम गर्ने गुण हुन्छ। दतिवनको बोटबाट तयार पारिएको धूलो औषधि मधुमेहमा अति लाभदायक हुन्छ। दतिवनको जराबाट निकालिएको तेल दम रोगीका लागि साह्रै उपयोगी सिद्ध भएको छ। यसको जराबाट निकालिएको इथानोलले बाझोपन हटाउन सहयोग गर्नसक्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्। आयुर्वेदमा दतिवनबाट क्षार, तेल, आसवजस्ता विशेष किसिमका औषधि तयार पारिन्छ। दतिवनको पातमा कीटाणु नाश गर्ने शक्ति हुन्छ। दतिवनबाट निकालिने मिथानोलले अर्बुद्ध रोगसँग लड्न मद्दत गर्दछ।
शोधकर्ताहरू दतिवनको बीउबाट निकालिने स्यापोनिन नामक तत्वले मुटुरोगीलाई के कस्तो फाइदा पुर्याउँछ भनेर परीक्षण गर्दैछन्। यसरी विदेशतिरका मानिसहरू वनस्पतिबाट फाइदा लिन थुप्रै लगानी गरेर विभिन्न शोध-अनुसन्धान गर्दैछन्। यता हामी नेपालीहरूले भने परम्परा धान्ने नाममा दतिवनजस्ता उपयोगी वनस्पतिलाई जीवनमा सजिलै समावेश गर्ने सौभाग्य पाएका छौ। ऋषिपञ्चमी पर्वले पनि नेपाली समाजलाई प्रत्येक वर्ष दतिवनको उपयोगितासाग परिचित तुल्याउने अवसर प्रदान गर्दै आएको छ। ऋषिपञ्चमका दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजीकैको नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.