रामानुजाचार्य
रामानुजाचार्य विशिष्टाद्वैत प्रचारक श्रीवैष्णव सन्त हुन् । / From Wikipedia, the free encyclopedia
रामानुजाचार्य (उच्चारणⓘ, अङ्ग्रेजी: Ramanuja जन्म: १०१७ - मृत्यु: ११३७) विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ ।[2][3] उनी वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हुन् । उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैतको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो। रामानुजले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गरे । साथै उनले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर आफ्नो मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गरेका थिए ।[4] वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए ।[5] यस्तै रामानन्दको शिष्य परम्परामा भने स्वामी नारायण भएका थिए । [6] रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेखेका थिए। रामानुजाचार्यले वेदान्त वाहेक सातौँ - दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए।[7] रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले एक सभा बोलाएर जातपात धनी गरीब सबैको लागि उच्चारित गरिदिएका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए ।[8]
रामानुजाचार्य | |
---|---|
चित्र:Ramanujacharya.jpg | |
व्यक्तिगत | |
जन्म | रामानुज वि.सं १०७४ सन १०१७ |
मृत्यु | सन ११३७ |
दर्शन | विशिष्टाद्वैत |
पदस्थापना | |
साहित्यिक कार्यहरू | श्रीभाष्य, गिताभाष्य,वेदार्थसंग्रह, आदि |
सम्मान | यतिराज, भाष्यकार रामानुज |
प्रचारक | विशिष्टाद्वैत |