वेदान्त
वेदको सारांश लेखिएको ग्रन्थ / From Wikipedia, the free encyclopedia
वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यसको मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो , त्यसैले यसलाई वेदान्त भनिन्छ । कर्मकाण्ड र उपासनाको मुख्यत: वर्णन मन्त्र र ब्राह्मणमा छ , ज्ञानको विवेचन उपनिषदमा 'वेदान्त'को शाब्दिक अर्थ हो। 'वेदको अन्त'अथवा सार ।[1]
संस्कृत भाषामा सनातन धर्म भनेर चिह्निएको हाम्रो हिन्दू धर्म वा हाम्रो जीवन पद्धतिलाई यसका अनुयायीहरूले ” वैदिक सनातन वर्णाश्रम धर्म ” पनि भन्ने गरेको पाइन्छ | यसो भन्नुको पछाडिको तर्क यसको शुरुवात मानव उत्पत्ति भन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो | त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक ,पौराणिक परम्परा र संस्कृतिहरूको सम्मिश्रण मानिएको हो | अन्य धर्म, जस्तो हिंदू धर्मभित्र कोही संस्थापक रहेका छैनन् | यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा ,उपासना पद्धति ,मत, सम्प्रदाय , दर्शनहरु हुर्किएको पाइन्छ | यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवाद्लाई पृष्टपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म , हिंदू धर्म , वैदिक धर्म , हिंदू आगम आदिजस्ता अनेकौँ नामले चिह्नाउँदै आइएको छ | यसले आफुभित्र थुप्रै दर्शनहरुपनि हुर्काउन सकेको छ |आजको दिनमापनि यसभित्र वैदिक र लौकिक संस्कृत भाषामा लेखिएका शास्त्रीय वाङ्गमयहरूको विशाल भण्डार रहेको छ | इतिहाँसको विभिन्न कालखण्डमा आतंककारीहरूको उपध्रोमा परी यसले आफ्ना थुप्रै अमूल्य हस्तलिखित ग्रन्थहरु गुमाएको तितोसत्य भोगेको भएपनि झन्डै १३०० प्राचिन हस्तलिखित ग्रन्थहरु आजपनि यसका ढुकुटी भित्र जिउँदा रहेका छन | हाम्रो वोलिचालीमा यिनै ग्रन्थहरु शास्त्र कहलिन पुगेका हुन | यहाँ शास्त्रको अर्थ हाम्रो जीवन पद्धतिका (धर्म) गूढ़ तत्त्वहरूलाई ब्याख्या गरेको अर्थमा हो | ती धर्म शास्त्रहरूको निचोडको रूपमा थुप्रै दर्शन शास्त्रहरूको उदय हुनपुगेको छ |
सनातन हिंदू पद्धतिले धर्म शास्त्रलाई कर्मपरक मानेको छ भने दर्शनशास्त्रलाई ज्ञानपरक ठानेको छ | यी दुईभित्र हाम्रो आध्यात्म विधालाई विचार्ने ‘मोक्षशास्त्र रहेको छ , यसका ज्ञानहरूलाई मीमांसा गर्ने प्रमाण शास्त्र हुनपुगेको छ | ती दुबैलाई गतिलोगरी विचार्ने दर्शनशास्त्र रहेको छ | त्यसैले हाम्रो परिप्रेक्ष्यमा हाम्रो जीवन र हामी हुर्किएको जगतको त्यो दर्शनसँग अटूट सम्बन्ध रहेको मानिएको हो | हाम्रो यो सम्बन्धलाई अन्वेषण गरेर चिरफार गर्नेकाम मानव जीवनले गर्दै आएको हो | हाम्रो जीवनको सैद्धानितक स्वरुप त्यही दर्शनले विश्लेषण गरेको हो | जीवन र जगतको मीमांसा गर्नु यी दर्शनहरूको उद्देश्य हो | हामी को हौँ ? ,कहाँबाट आयौ ? किन आयौं ? जस्ता सूक्ष्म जिज्ञासा र त्यसभित्र रहेको ज्ञानको खोजीगरी बुझ्ने प्रयाश गर्दा ती दर्शनहरूको उत्पत्ति हुन पुगेको हो | यी दार्शनिक चिन्तनका दृषिटकोणहरु बेग्ला बेग्लै रहेका छन | त्यसले गर्दा ती विचारहरूको विश्लेषण गर्दा अनेकौँ पद्धतिहरूको जन्म हुन पुगेको हो | यसैबाट विभिन्न दार्शनिक सिद्धान्त र सम्प्रदायहरु बन्न पुगेको छ | तर , जस्तो भएपनि वेद शब्द जस्तै यी दर्शनहरूमापनि ठूलो ज्ञानपरम्परा हुर्किएको छ , त्यो नै यथार्थ हो |
हाम्रो धर्ममा दार्शनिक चिन्तन गर्ने परम्परा ज्यादै प्राचीन हो | यसको मूल तत्व ईश्वर, जीव, प्रकृति, श्रृष्टि ,उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि रहेको छ | यो दर्शन शास्त्र भनेको यस ब्रह्माण्डको परम सत्य र प्रकृतिका सिद्धान्तहरु ,त्यसका कारणहरूको ब्याख्या गरेको ग्रन्थहरु हो | यो ब्याख्या दृष्टिकोणको रूपमा रहेको छ | यहाँ दार्शनिक चिन्तन भन्नाले मानव जीवन र जगतको खोज हो अनि दर्शनशास्त्र भनेको चाहीं यस प्रकृति ,समाज ,मानव चिंतन तथा ज्ञान प्रक्रियाहरु संगालिएको नियमहरूको विज्ञान हो | भन्नुको अर्थ दर्शनशास्त्र भनेको खासमा हाम्रो सामाजिक चेतना हो | यसै वैदिक दर्शनलाई फिलोसफीको रूपमा पाइथागोरसले र विशिष्ट अनुशासन र विज्ञानको रूपमा प्लेटोले ब्याख्या गरेका थिए |