अन्तिम संस्कार
From Wikipedia, the free encyclopedia
अन्तिम संस्कार (वा दाहसंस्कार, अन्त्येष्टि) मानिसको मृत्यु पश्चात् गरिने संस्कार हो। यो शवको अन्तिम कृया, जस्तै दफन वा दाहसंस्कार, परिचर पालन संग जोडिएको एक अन्त्येष्टि प्रकृिया हो। अन्त्येष्टि प्रथाहरूमा मृतकहरूलाई सम्झन र सम्मान गर्न संस्कृतिले प्रयोग गर्ने विश्वास र अभ्यासहरू गरिन्छन्। विभिन्न संस्कृति, धार्मिक र जातिय समूहहरू बीच यस्ता चलनहरू भिन्न हुन्छन्। अन्त्येष्टिहरूमा मानक र कानुनी दुवै भागहरू हुन्छन्। अन्त्येष्टिको लागि साझा धर्मनिरपेक्ष प्रेरणाहरू मृतकको लागि शोक गर्ने, तिनीहरूको जीवन मनाउने, र शोकमा परेकाहरूलाई समर्थन र सहानुभूति दिइन्छन्; अन्त्येष्टिमा थप धार्मिक पक्षहरू हुन सक्छन् जुन मृतकको आत्मालाई पछिको जीवन, पुनरुत्थान वा पुनर्जन्ममा पुग्न मद्दत गर्ने उद्देश्यले गरिन्छन्।
यो विभिन्न धर्म र संस्कृति अनुसार फरक फरक हुन्छ। जस्तै .....ऋग्वेदी ,यजुर्वेदी, सामवेदी । त्यस्तै प्रत्येक वेदका अलग् अलग् शाखाहरू हुन्छन् । प्रत्येक वेदशाखाका संस्कारहरू हुन्छन् ।नेपालमा अधिक नागरिकहरू माध्यन्दिनीय शाखाका शुक्लयजुर्वेदी छन। केही नागरिकहरू सामवेदीहरू छन् भने केही यजुर्वेदी भएर पनि अश्वलायन शाखाका ऋग्वेदी विद्वान कमलाकर भट्टका अनुयायी देखिन्छन् । उनीहरू माध्यन्दिनीय वाजसनेय शुक्लयजुर्वेदका श्रौतसूत्र, गृह्यसूत्र, श्राद्धकल्पसूत्र, त्रिकण्डिक स्नानसूत्र, जस्ता अतिप्रामाणिक वैदिक ग्रन्थहरू हेर्न छाडी निर्णयसिन्धु नामक एउटा सामान्य निबन्धग्रन्थका आधारमा सारा संस्कारहरू सम्पन्न गर्न पुग्दछन् । यसमा संशोधन गरेर शुक्लयजुर्वेदको पारस्करगृह्यसूत्र अनुसारको अन्त्यकर्म पद्धति बनाउने काम पनि नेपालमा भएको छ (वाचस्पति डा. शिवराज आचार्य कौण्डिन्न्यायन, अन्त्यकर्म पद्धति - काठमाडौँ : रत्नपुस्तक भण्डार, वि.सं.२०६५)। नेपालमा विभिन्न धर्म मान्ने मानिसहरूले गर्ने संस्कार फरक हुने गरेको छ।