From Wikipedia, the free encyclopedia
माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच बि.सं. २०५२ साल देखि २०६३ सम्म चलेको थियो।[13] युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो।[14]
माओवादी जनयुद्ध | |||||||
---|---|---|---|---|---|---|---|
मालेमावाद र प्रचण्ड पथ जिन्दावाद लेखिएको एक भित्ताचित्र | |||||||
| |||||||
योद्धा | |||||||
समर्थक: चीन[2] पाकिस्तान[3] बेल्जियम[4] संयुक्त अधिराज्य[5] अमेरिका[5] भारत[6] |
समर्थक: भारत कम्युनिस्ट पार्टी (माओवादी) श्रीलङ्का कम्युनिस्ट पार्टी (माओवादी)[7] | ||||||
सेनापतिहरू | |||||||
नेपालको राजा: वीरेन्द्र वीर विक्रम शाह (२०२८–५८) ज्ञानेन्द्र वीर विक्रम शाह (२०५८–६५) नेपालको प्रधानमन्त्री: शेरबहादुर देउवा (२०५२–५३; २०५८–५९; २०६१–६१) लोकेन्द्रबहादुर चन्द (२०५३–५४; २०५८–६०) सूर्य बहादुर थापा (२०५४–५५; २०६०–६१) गिरिजाप्रसाद कोइराला (२०४८–५१; २०५५–५६; २०५६–५८) कृष्णप्रसाद भट्टराई (२०५६–५६) नेपालको प्रधानसेनापति: धर्मपालवरसिँह थापा (२०५२–५६) प्रज्वल शम्शेर जबरा (२०५६–२०५८) प्यारजङ्ग थापा (२०५८–६३) रूक्माङ्गद कटवाल (२०६३–६६) प्रहरी महानिरीक्षक: मोतिलाल बोहरा (४९–५३) अच्युतकृष्ण खरेल (२०५३–५३; २०५४–५७) ध्रुवबहादुर प्रधान (२०५३–५४) प्रदीप शम्शेर राणा (२०५७–५८) श्याम भक्त थापा (२९५८–६३ ) ओम विक्रम राणा (२०६३–६५) |
प्रचण्ड (पुष्पकमल दाहाल) बाबुराम भट्टराई (लालध्वज) मोहन वैद्य (किरण) नन्दकिशोर पुन (पासाङ) रामबहादुर थापा (बादल)[8] नेत्रविक्रम चन्द (विप्लव)[9] | ||||||
शक्ति | |||||||
९५,००० | ५०,००० | ||||||
मृत्यु र क्षति | |||||||
४,५०० मृत्यु[10] | ८,२०० मृत्यु (छापामार)[10] | ||||||
समग्रमा १७,८०० को मृत्यु[11] १,३०० बेपत्ता[12] |
विद्रोह नेकपा-माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो। वि.सं.२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो।[15] यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ। उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो।[11] बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४,००० उजुरीहरू दर्ता भएका थिए जस मध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। बेपत्ता आयोग अन्तर्गत परेका ३,००० भन्दा बढी उजुरीहरूमा पनि छानबिन भइरहेको बताइएको छ।[16] अनौपचारिक क्षेत्र सेवा केन्द्रका अनुसार, मृतकहरू मध्ये १,६६५ महिला हुन्।[17]
२०४६ सालमा, निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो। तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए। सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देशका साथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो।[18] विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको घोषणा गरिएको थियो। रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो। जनयुद्धको प्रभाव देशव्यापी रूपमा पर्न गएको थियो जसका कारण तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लिएर अगाडि बढेको थियो। युद्धरत नेताहरूको टाउकाको मुल्य समेत निर्धारण गरिएको थियो। [19]
प्रहरीलाई सजिलै जितेका माओवादीले सेनालाई हराउन सकेनन् ।
माओवादीले गाउँ देखि जिल्ला र केन्द्र तहसम्मको जनसरकार बनाई जनसत्ता र जनअदालत चलाए पनि ती मुलतः प्रतीकात्मक र अस्थायी प्रकृतिका थिए। उनीहरूले मुलुकको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेपनी ती क्रान्ति कालीन चीनमा माओले बनाएजस्तो आधार इलाका थिएनन् ।
माओवादीले अपेक्षित अन्तर्राष्ट्रिय समर्थन पाउन सकेनन् । क्रान्ति सफल पार्न भारत चीन जस्ता छिमेकी वा अमेरिका जस्तो महशक्तिको समर्थन चहिन्थ्यो। जुन प्राप्त भएन। २००१ सेप्टेम्बर ११ को अल कायदा आक्रमण पछि त विश्व परिदृश्य बदलियो। आतंकवाद विरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाउने अमेरिकी विदेश नीतिको असर माओवादीमा पनि पर्यो। चीनले माओवादीलाई "सरकार विरोधी तत्त्व"को संज्ञा दिदै यस मामिलामा आफूलाई सदैव असंलग्न राख्यो। भारतीय खुफिया "र" को केही सहयोग मिले पनि भारतीय संस्थापनले औपचारिक समर्थन गरेन।
२०६१ मङ्सिर मा दैलेखको दुल्लुमा आम जनताले अभियानकै रूपमा माओवादीको प्रतिकार गरे। लगत्तै नौमुलेमा गाउँलेले माओवादी नेता खड्गबहादुर विक सहित २०० जति माओवादी कार्यकर्तालाई समातेर प्रशासनमा बुझाइदिए।
२०६२ जेठ २३ मा चितवनको माडीमा माओवादीको विद्युतीय धरापमा परेर एउटा यात्रु बसका ३९ जना निर्दोष नागरिक मारिए। त्यो घटनाले माओवादी नेतृत्वलाई थप रक्षात्मक र हतोत्साहित बनायो ।
माओवादीको सङ्गठन र छापामार बढे पनि अपराधिक र अराजक प्रवृतिले बढावा पायो। यो यति झाँगियो कि माओवादी नेतृत्वले थाम्नै नसक्ने अवस्था आयो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.