नेपालका उपराष्ट्रपति From Wikipedia, the free encyclopedia
नन्दकिशोर पुन पासाङ्ग यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य हुन् । उनी माओवादीको १० वर्षे जनयुद्धमा माओवादीले तयार गरेको जनमुक्ति सेना, नेपालको कमान्डर पनि रहेका थिए । उनीसंसद भवनमा भएको निर्वाचनमा नेपाली काँग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति चुनावमा ५४७ मत मध्य उनलाई ३२५ मत प्राप्त भएको थियो । संसद भवनमा सभामुख ओनसरी घर्तिमगरले उनलाई उपराष्ट्रपति भएको घोषणा गरेकी थिइन् [2][3]
सम्माननीय नन्दकिशोर पुन पासाङ Nand Kishor Pun Pasang | |
---|---|
नेपालको दोस्रो उपराष्ट्रपति | |
कार्यकाल वि.सं. २०७२ कार्तिक १३ – वि.सं. २०७९ चैत ६ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
प्रधानमन्त्री | खड्गप्रसाद ओली शेरबहादुर देउवा पुष्पकमल दाहाल |
पूर्वाधिकारी | परमानन्द झा |
उतराधिकारी | राम सहाय यादव |
जनमुक्ति सेना, नेपालको चीफ कमान्डर | |
कार्यकाल 12 सितंबर 2008 – 12 अप्रैल 2012 | |
पूर्वाधिकारी | पुष्पकमल दाहाल |
व्यक्तिगत विवरण | |
जन्म | विसं २०२२ कार्तिक ७ [1] नेपाल रोल्पा | २३ सेप्टेम्बर १९६५
जीवन साथी | हस्तमाली पुन |
यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो । यिनी आमा मनसरा पुन र बुवा रामसुर पुन काे जेठा छोरा हुन् । उनी गाउको सामान्य परिवारमा उनको जन्म भएको थियो । उनले तीन कक्षा सम्म गाऊंकै प्राथमिक विद्यालयमा अध्ययन गरेका हुन् । ६ कक्षामा पढ्दै गर्दा २०३७ सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको तात्कालिन नेकपा चौथौ सम्वद्ध अखिल छैठौंको इकाई अध्यक्ष भएर उनले काम गरेका थिए । उनको राजनीतिक यात्रा यही समयबाट नै शुरु भएको थियो ।
२०३९ सालमा अध्ययन गर्ने क्रममानै उनले हस्तमाली पुनसँग प्रेम विवाह गरेका थिए ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.