ओनसरी घर्तिमगर

नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia

ओनसरी घर्तिमगर

ओनसरी घर्ती नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगरको भूमिगत नाम 'उषा' हो।

छरितो तथ्यहरू ओनसरी घर्तिमगर, नेपालको सभामुख ...
ओनसरी घर्तिमगर
Thumb
नेपालको सभामुख
कार्यकाल
२९ असोज, २०७२  ५ माघ २०७४
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीसुवासचन्द्र नेम्बाङ
उतराधिकारीकृष्णबहादुर महरा
युवा तथा खेलकुद मन्त्री
कार्यकाल
श्रावण १६, २०६८  श्रावण ३१, २०६८
राष्ट्रपतिरामवरण यादव
व्यक्तिगत विवरण
जन्म२०३४ कार्तिक २८
बैङ्कोट
राजनीतिक दलएकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
जीवन साथीवर्षमान पुन
बन्द गर्नुहोस्

माओवादी जनयुद्धको क्रममा पूर्वी नेपाल र राजधानी वरपरका काभ्रे, रामेछापमा बिताएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन्। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन्। उनीसँगै भएकी अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य भइन्।

रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् ।

२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ ।

माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ।

एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लिएपछि ओनसरी निर्विरोध निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएको छ । ओनसरी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-५ की अध्यक्ष पनि हुन् । [१]

Thumb
ओनसरी घर्तिमगर परिवारसँग

बाल्यकाल

ओनसरी घर्तीमगरको जन्म २०३४ कार्तिक २८ गते रोल्पाको बैङ्कोटमा भएको थियो । [२] बुबा प्रसाद घर्तीमगर र आमा नौमती तीन दाजु र चार दिदी बहिनीमध्ये माहिली छोरी हुन् । सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचिका साथसाथै पढाइमा पनि उत्तिकै तेज विद्यार्थी थिइन् ।

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.