भ्लादिमिर पुटिन
रुसको दोस्रो र चौथो रास्ट्रपति / From Wikipedia, the free encyclopedia
भ्लादिमिर भ्लादिमिरोभिच पुटिन (/ˈpuːtɪn/; रूसी: Влади́мир Влади́мирович Пу́тин [vɫɐˈdʲimʲɪr vɫɐˈdʲimʲɪrəvʲɪtɕ ˈputʲɪn] ( सुन्नुहोस्); जन्म; ७ अक्टोबर १९५२) रूसका राजनीतिज्ञ तथा वर्तमान राष्ट्रपति हुन्। पुटिनले ७ मे २०१२ देखि रूसमा राष्ट्रपतिको रूपमा सेवा गरिरहेका छन्। यसभन्दा पहिले उनी सन् २००० देखि २००८ सम्म रुसको राष्ट्रपति र सन् १९९९ देखि सन् २००० तथा सन् २००८ देखि सन् २०१२ सम्म रूसको प्रधानमन्त्री बनिसकेका छन्। सन् २०२१ काा अनुसार पुटिन युरोपेली राष्ट्रपतिहरूमा बेलारुसका अलेक्जेन्डर लुकासेन्को पछि दोस्रो सबैभन्दा लामो समय शासन चलाउने राष्ट्रपति हुन्।
भ्लादिमिर पुटिन Владимир Путин | |
---|---|
रूसको राष्ट्रपति | |
पद बहाली ७ मे २०१२ | |
प्रधानमन्त्री | भिक्टर जुबकोभ दिमित्री मेदभेदेभ मिखाइल मिसुस्तिन |
पूर्वाधिकारी | दिमित्री मेदभेदेभ |
कार्यकाल ७ मे २००० – ७ मे २००८ कार्यकारी: ३१ डिसेम्बर १९९९ – ७ मे २००० | |
प्रधानमन्त्री | मिखाइल कास्यानोभ मिखाइल फ्रादकोभ भिक्टर जुबकोभ |
पूर्वाधिकारी | बोरिस येल्तसिन |
उतराधिकारी | दिमित्री मेदभेदेभ |
रुसका प्रधानमन्त्री | |
कार्यकाल ८ मे २००८ – ७ मे २०१२ | |
राष्ट्रपति | दिमित्री मेदभेदेभ |
सहायक | इगोर सुभालोभ |
पूर्वाधिकारी | भिक्टर जुबकोभ |
उतराधिकारी | दिमित्री मेदभेदेभ |
कार्यकाल ९ अगस्ट १९९९ – ७ मे २००० कार्यकारी: ९ अगस्ट १९९९ – १६ अगस्ट १९९९ | |
राष्ट्रपति | बोरिस येल्तसिन |
सहायक | भिक्टर ख्रिसतेन्को मिखाइल कास्यानोभ |
पूर्वाधिकारी | सर्गेई स्तेपासिन |
उतराधिकारी | मिखाइल कास्यानोभ |
संयुक्त रूसका नेता | |
कार्यकाल १ जनवरी २००८ – ३० मे २०१२ | |
पूर्वाधिकारी | बोरिस ग्रिजलोभ |
उतराधिकारी | दिमित्री मेदभेदेभ |
सुरक्षा परिषद्को अध्यक्ष | |
कार्यकाल ९ मार्च १९९९ – ९ अगस्ट १९९९ | |
राष्ट्रपति | बोरिस येल्तसिन |
पूर्वाधिकारी | निकोले बोर्दयुझा |
उतराधिकारी | सर्गेई इभानोभ |
सङ्घीय सुरक्षा परिषद्को अध्यक्ष | |
कार्यकाल २५ जुलाई १९९८ – २९ मार्च १९९९ | |
राष्ट्रपति | बोरिस येल्तसिन |
पूर्वाधिकारी | निकोले कोभाल्योभ |
उतराधिकारी | निकोलाई पात्रुसेभ |
व्यक्तिगत विवरण | |
जन्म | भ्लादिमिर भ्लादिमिरोभिच पुटिन (1952-10-07) ७ अक्टोबर १९५२ (उमेर ७१) लेनिनग्राद, सोभियत सङ्घ (हाल सेन्ट पिटर्सबर्ग, रुस) |
राष्ट्रियता | रूसी |
राजनीतिक दल | सोभियत सङ्घ कम्युनिस्ट पार्टी (१९७५-९१) आवर होम रूस (१९९५–९९) युनिटी (१९९९-२००१) स्वतन्त्र (सन् १९९१-९५; २००१-०८) युनाइटेड रसिया(सन् २००८-वर्तमान) |
अन्य राजनीतिक संलग्नता | पिपल्स फ्रन्ट(सन् २०११–वर्तमान) |
जीवन साथी | ल्युदमिला पुटिन
( वि १९८३; सवि २०१४) |
सन्तान(हरू) | मारिया (जन्म १९८५) येकातेरिना (जन्म १९८६)[2] |
मातृ शिक्षाप्रतिष्ठान | सेन्ट पिटर्सबर्ग स्टेट विश्वविद्यालय |
पुरस्कार | सम्मान |
हस्ताक्षर | |
वेबसाइट | आधिकारिक वेबसाइट |
सैन्य सेवा | |
निष्ठा | सोभियत सङ्घ |
शाखा/सेवा | केजिबी |
सेवाको वर्षहरू | सन् १९७५-१९९१ |
श्रेणी | कर्नल |
पुटिनको जन्म लेनिनग्रादमा (अहिलेको सेन्ट पिटर्सबर्ग) भएको थियो। उनले लेनिनग्राद राज्य विश्वविद्यालयमा कानूनको अध्यायन गर्दै सन् १९७५ मा स्नातकसम्मको अध्ययन पुरा गरेका थिए। पुटिनले सोभियत सङ्घको वैदेशिक गुप्तचार संस्था केजिबीको विदेशी गुप्तचर अधिकारीको रूपमा १६ वर्ष काम गरेका थिए। त्यो क्रममा उनी कर्नल (नेपाली सेनाको प्रमुख सेनानी दर्जाको समकक्ष) पदसम्म बढुवा भएका थिए। सन् १९९१ मा उनले केजिबीबाट राजिनामा दिएर सेन्ट पिटर्सबर्गमा राजनैतिक यात्रा सुरु गरेका थिए। त्यसपछि सन् १९९६ मा उनी राष्ट्रपति बोरिस यल्तसिनको प्रशासनमा सामेल हुन मस्को सरेका थिए। उनले त्यहाँ सङ्घीय सुरक्षा सेवाको निर्देशक र सुरक्षा परिषदको सचिवको रूपमा काम गरेका थिए। सन् १९९९ को अगस्टमा उनी प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। राष्ट्रपति बोरिस यल्तसिनको राजिनामा पश्चात् पुटिन कार्यबाहक राष्ट्रपति हुँदै त्यसको ४ महिना पछि भएको निर्वाचनमा उनी पहिलो राष्ट्रपतिको पहिलो कार्यकालको लागि निर्वाचित भएका थिए भने सन् २००४ मा पुनः निर्वाचित भएका थिए। संविधानले लगातर दुई कार्यकालसम्म मात्र सिमित गरेको हुनाले सन् २००८ देखी २०१२ सम्म प्रधानमन्त्री बनेका पुटिन सन् २०१२ र २०१८ मा राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। सन् २०२१ अप्रिलमा उनले एउटा संवैधानिक बदलावको कानूनमा हस्ताक्षर गरेपछि उनी अर्को दुई पटक राष्ट्रपति बन्न सक्छन् र उनको राष्ट्रपतिकाल सन् २०३६ सम्म लम्बिन सक्छ। [3][4]
उनको पहिलो राष्ट्रपति कार्यकालमा रूसको अर्थतन्त्र सिधा आठ वर्षसम्म बृद्धि भएको थियो भने त्यस अवधिमा क्रय शक्तिअनुसार मापन गरिने जिडिपी ७२% बृद्धि हुनुका साथै आय २.५ गुणाले बढेको थियो। पहिलोपटक राष्ट्रपतिमा नियुक्त भएका पुटिनको कार्यकालमा ज्याला-तलब ३ गुणा भन्दा धेरैले वृद्धि हुनका साथै बेरोजगारी र गरिबी आधा भन्दा धेरै कम भएको थियो भने आत्म-मूल्याङ्कन जीवन सन्तुष्टी उल्लेख्यनीय रूपले वृद्धि भएको थियो।[5] इराक युद्धपछि तेल र ग्याँसको मूल्यमा भएको पाँच गुणा वृद्धि, कम्युनिष्ट शासन पछिको आर्थिक मन्दी र वित्तीय सङ्कटबाट पुन: सामान्यकरण, वैदेशिक लगानीमा वृद्धि[6] र विवेकपूर्ण आर्थिक तथा वित्तीय नीतिहरू[7][8]को परिणाम यी वृद्धि थियो। सन् २००८ देखि २०१२ सम्म दिमित्री मेदभेदेभको मातहतमा प्रधानमन्त्री बनेर उनले ठूलो मात्रामा सैन्य सुधार र प्रहरी सुधारकाा कार्यहरू गरेका थिए। सन् २०१२ मा पुटिनले लगभग ६४% मतले विजय हासिल गरेपछि उनले राष्ट्रपतिको रूपमा तेस्रो कार्यकाल सम्हालेका थिए। [9] सन् २०१४ को सुरुवातमा रूसद्वारा क्रिमियाको बिलय र डोनबासको युद्ध पश्चात् तेलको मूल्यमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको थियो भने सन् २०१५ मा कुल ग्राहस्थ उत्पादन ३.७% ले घटेको थियो। सन् २०१६ मा रूसी अर्थव्यवस्थामा ०.३% कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखा परेेपछि मन्दी आधिकारिक रूपमा समाप्त भएको थियो।[10] पुटिनको नेतृत्वमा भएको विकासमा पाइपलाइन निर्माण, उपग्रह नेभिगेसन प्रणाली ग्लोसनासको पुनर्स्थापना र सोचीमा सन् २०१४ शीतकालीन ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि पूर्वाधारको निर्माण समावेश छ। पुटिनले सन् २०१८ को चुनावमा ७६% मत प्राप्त गर्दै सन् २०२४ सम्मका लागि राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका थिए।