फिडेल ऐलेजेन्ड्रो क्यास्ट्रो रूस (/ˈkæstroʊ/;[१] अमेरिकी स्पेनी: [fiˈðel aleˈxandɾo ˈkastɾo ˈrus] अनु. फिदेल ऐलेजेन्द्रो कास्त्रो रूस; सन् १९२६ अगस्ट १३ – सन् २०१६ नोभेम्बर २५) क्युबाको राजनीतिज्ञ तथा क्युबा क्रान्तिका प्राथमिक नेताहरू मध्येका एक थिए। उनी सन् १९५९ फेब्रुअरीदेखि सन् १९७६ डिसेम्बरसम्म क्युबाको प्रधानमन्त्री र फेरि क्युबाको राज्य परिषदको अध्यक्ष (राष्ट्रपति) भएका थिए। उनले सन् २००८ फेब्रुअरीमा आफ्नो पदबाट राजिनामा दिएका थिए।
फिडेल क्यास्ट्रो | |
---|---|
क्युबाको १७औँ राष्ट्रपति | |
कार्यकाल सन् १९७६ डिसेम्बर २ – सन् २००८ फेब्रुअरी २४ | |
प्रधानमन्त्री | स्वयं |
उपराष्ट्रपति | राउल क्यास्ट्रो |
पूर्वाधिकारी | ओस्वाल्डो डोर्तिकोस तोर्रादो |
उतराधिकारी | राउल क्यास्ट्रो |
कम्युनिस्ट पार्टी अफ क्युबाको केन्द्रीय समितिको प्रथम सचिव | |
कार्यकाल सन् १९६१ जुन २४ – सन् २०११ अप्रिल १९, | |
सहायक | राउल क्यास्ट्रो |
पूर्वाधिकारी | ब्लास रोका कल्देरियो |
उतराधिकारी | राउल क्यास्ट्रो |
क्युबा मन्त्रिपरिषदको अध्यक्ष | |
कार्यकाल सन् १९७६ डिसेम्बर २ – सन् २००८ फेब्रुअरी २४ | |
राष्ट्रपति | स्वयं |
पूर्वाधिकारी | स्वयं (प्रधानमन्त्रीको रूपमा) |
उतराधिकारी | राउल क्यास्ट्रो |
क्युबाको १६औँ राष्ट्रपति | |
कार्यकाल सन् १९५९ फेब्रुअरी १६ – सन् १९७६ डिसेम्बर २ | |
राष्ट्रपति | म्यानुअल उर्रुतिया लियो ओस्वाल्डो डोर्तिकोस तोर्रादो |
पूर्वाधिकारी | जोस मिरो कादोना |
उतराधिकारी | स्वयं (मन्त्रिपरिषदको अध्यक्षको रूपमा) |
असंलग्न आन्दोलनको ७औँ र २३औँ महासचिव | |
कार्यकाल सन् २००६ सेप्टेम्बर १६ – सन् २००८ फेब्रुअरी २४ | |
पूर्वाधिकारी | अब्दुल्लाह अहमद बदावी |
उतराधिकारी | राउल क्यास्ट्रो |
कार्यकाल सन् १९७९ सेप्टेम्बर १० – सन् १९८३ मार्च ६ | |
पूर्वाधिकारी | जुनिअस रिचर्ड जयवर्धने |
उतराधिकारी | नीलम संजीव रेड्डी |
व्यक्तिगत विवरण | |
जन्म | फिदेल ऐलेजेन्द्रो कास्त्रो रुस सन् १९२६ अगस्ट १३ बिरान, होल्गुइन प्रान्त, क्युबा |
मृत्यु | २५ नोभेम्बर २०१६ ९०) हवाना, क्युबा | (उमेर
राजनीतिक दल | पार्तिदो ओर्थोदोक्सो (१९४६–५२) २६ जुलाईको आन्दोलन (१९५३–६५) कम्युनिस्ट पार्टी अफ क्युबा (१९६५–२०१६) |
जीवन साथी(हरू) | मिर्ता डियाज बालार्ट (१९४८–५५) डालिया सोटो डेल भेल (१९८०–२०१६; मृत्यु पर्यन्त) |
नाता | राउल, रेमन, जुयनिता |
सन्तान(हरू) | ९, एलिना फर्नान्डिज सहित |
निवास | सेन्टियागो डे क्युबा |
मातृ शिक्षाप्रतिष्ठान | हवाना विश्वविद्यालय |
जीवनवृति | वकिल |
हस्ताक्षर | |
| |
जीवनी
उनी एउटा धनी परिवारमा जन्मिएका थिए र उनले कानुनमा स्नातकोत्तर प्राप्त गरेका थिए। हबाना विश्वविद्धालयमा अध्ययन गर्दा उनले आफ्नो राजनीतिक जीवनको सुरूवात गरेका थिए र क्युबाको राजनीतिमा एक मान्यता प्राप्त व्यक्ति बनेका थिए। उनको राजनीतिक जीवन फुल्गेङ्कियो बतिस्ता शासन र संयुक्त राज्य अमेरिकाको क्युबाको राष्ट्रहितमा राजनीतिक र कारपोरेट कम्पनीहरूको प्रभावको आलोचक रहेको छन् । उनलाई उत्साहजनक रूपमा, तर सीमित, समर्थक मिले र उनले अधिकारीहरूको ध्यान आकर्षित गर्यो ।[२] उनले मोंकाडा बैरकोंमा १९६३ मा असफल हमलाको नेतृत्व गरे जसपछि उनी गिरफ्तार भए, उनीमा मुद्दा चला, उनी जेलमा रहे र त्यस पछि रिहा गरिए.इसपछि बतिस्ताको क्युबामा हमलाको लागि मान्छेहरूलाई संगठित र प्रशिक्षित गर्नको लागि उनी मेक्सिको[३][४] पुगे । उनी र उनको क्रान्तिकारी साथीहरूले डिसेम्बर १९५६ मा मेक्सिको छोडिदिए दिए र पुन: क्युबा फर्किए ।
कास्त्रो क्युबाको क्रान्तिको माध्यमले अमेरिका [५] समर्थित फुल्गेंकियो बतिस्ताको तानाशाहीलाई फाली सत्तामा आए[६] र उसपछि शीघ्र नै क्युबाको प्रधानमन्त्री बने।[७] सन् १९६५ मा उनी क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६ मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand in your browser!
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.