दसैँ
हिन्दुहरूको महान चाड / From Wikipedia, the free encyclopedia
दसैँ वा बडा दसैँ (अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो।[2] राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्। असोज शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ।[3]
दसैँ | |
---|---|
वैकल्पिक नाम | बडादसैँ, विजया दशमी, आयुध-पूजा, दसेहरा, दसाहरा, दसेरा, दसारा, |
अनुयायी | हिन्दु |
प्रकार | धार्मिक |
महत्त्व | महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा मनाउने गरिन्छ[1] |
उत्सव | यो दिन दुर्गा पूजाको अन्तिम दिनको रूपमा मनाउनुका साथै एक-आपसमा खुसियाली साटासाट गरिन्छ। |
परिपालन | दुर्गा पूजा,टीका र जमरा लगाउने |
प्रारम्भ | असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म |
मिति | १९ अक्टोबर, ५ अक्टोबर |
सुरुवात कर्ता | प्राचीन कालदेखि |
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ।[4] असोज (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।[5][6]
दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन्: चैत (चैत) को शुक्लको एवम् कात्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। दसैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो।[7] दसैँ पर्वले दस प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने(छोड्ने) प्रेरणा दिन्छ।[8]