![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/95/5429g_suruchi-pratima.jpg/640px-5429g_suruchi-pratima.jpg&w=640&q=50)
नौरथा
नौ दिनसम्म देवीको आराधना गरिने पर्व / From Wikipedia, the free encyclopedia
नौरथा, नवरात्र अथवा नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ।[2] यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ।
छरितो तथ्यहरू नौरथा, आधिकारिक नाम ...
नौरथा | |
---|---|
![]() पूजाको भव्य पण्डाल | |
आधिकारिक नाम | नवरात्रि |
अनुयायी | हिन्दू, भारतीय,नेपाली भारतीय प्रवासी |
प्रकार | हिन्दू |
प्रारम्भ | चैत्र महिना र अश्विन महिना [1] |
मिति | असोज शुक्ल प्रतिपदा देखि असोज शुक्ल नवमी सम्म |
सम्बन्धित | दसैँ |
बन्द गर्नुहोस्
नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ। यसैले भक्तहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ-आफ्ना भाकल पूरा गर्ने पनि गर्दछन्।[3]
नौरथामा पुजिने नवदुर्गाको स्वरूपहरू यस प्रकार छन्।[4]