![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/de/Seth_Rollins2_in_September_2016.jpg/640px-Seth_Rollins2_in_September_2016.jpg&w=640&q=50)
सेथ रोलिन्स
अमेरिकी कुस्ती खेलाडी / From Wikipedia, the free encyclopedia
कोल्बी डेनियल लोपेज[1] (जन्म मे २८, १९८६) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी र अभिनेता हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छन् जहाँ उनी सेथ रोलिन्स नामले कुस्ती खेल्ने गर्छन्।
कोल्बी डेनियल लोपेज | |
---|---|
![]() मे २०१६ मा रोलिन्स | |
वास्तविक नाम | कोल्बी डेनियल लोपेज |
जन्म | (1986-05-28) २८ मे १९८६ (उमेर ३८) बफ्यालो, आयोवा, अमेरिका |
निवासस्थान | डेभेनपोर्ट, आयोवा, अमेरिका |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | जिक्स[1] सेथ रोलिन्स तेज द डिस्ट्रोयर[1] टाइलर ब्याक[1] |
उचाई | ६ फिट १ इन्च (१.८५ मी)[2] |
तौल | २१७ पाउन्ड (९८ किग्रा)[2] |
उत्पत्ति | डेभेनपोर्ट, आयोवा[2] |
प्रशिक्षक | डेनी डेनीयल्स[1] |
पदार्पण | २००५[3] |
उनले डिन एम्ब्रोज र रोमन रेन्जसँगै द सिल्डको रूपमा डब्ल्युडब्ल्युईमा पर्दापण गरेका थिए। उनी डिन एम्ब्रोज (२), रोमन रेन्ज (१) र जेसन जोडनको (१) र ब्रन स्ट्रोम्यानसँग (१) ५ पटक ट्याग टिम विजेता पनि भएका छन्। लोपेजले डब्ल्युडब्ल्युईमा आउनुभन्दा अगाडि टाइलर ब्ल्याक नामले कुस्ती खेल्ने गरेका थिए। उनले रिङ अफ अनरमा आफ्नो व्यावसायिक कुस्ती खेलजीवन आधिकारिक रूपमा सुरु गरेका थिए जहाँ उनी एक पटक आरओएच विश्व विजेता र जिमी ज्याकब्ससँग दुई पटक आरओएच विश्व ट्याग टिम विजेता बनेका थिए। त्यसै गरी उनी सन् २००९ सरभाइबल अफ द फिटेस्टको पनि विजेता बनेका थिए। उनले आरओएच रेस्लिङ लगायत फुल इम्प्याक्ट प्रोमा पनि कुस्ती खेलेका छन् जहाँ उनी एक पटक एफआइपी विश्व ह्याभिवेट विजेता बनेका थिए। लोपेजले प्रो रेस्लिङ गोरिल्लामा पनि कुस्ती खेलेका थिए जहाँ उनी एक पटक जिम्मी ज्याकफसँग पिडब्ल्युजी विश्व ट्याग टिम विजेता बनेका थिए।
सन् २०१० मा डब्ल्युडब्ल्युईमा हस्ताक्षर गरेपछि लोपेज सुरुवाती चरणमा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा कुस्ती खेलेका थिए जहाँ उनले आफ्नो नाम सेथ रोलिन्स परिवर्तन गरेका थिए र त्यसपछि रोलिन्स पहिलो पटक आयोजना गरिएको एफसीडब्ल्यु ग्रान्ड स्ल्याम विजेता बन्न सफल भएका थिए। सन् २०११ मा एफसिडब्ल्यु एनएक्सटीमा परिवर्तन भएपछि रोलिन्सले प्रतियोगिताको अन्तिम खेलमा जिन्दर महललाई हराउँदै एनएक्सटीकै सबैभन्दा पहिलो विजेता बन्न सफल भएका थिए। रोलिन्सले सन् २०१२ मा द सिल्डको रूपमा डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा डिन एम्ब्रोज र रोमन रेन्जसँग पदार्पण गरेका थिए। एम्ब्रोजले डब्ल्युडब्ल्युईको प्रमुख कार्यक्षेत्रमा समूहमै हुँदा रोमन रेन्जसँगै डब्ल्युडब्ल्युई विश्व ट्याग टिम विजेता बनेका थिए। सन् २०१४ मा द सिल्डको विघटन भएपछि रोलिन्सले दुई पटक डब्ल्युडब्ल्युई विश्व विजेता, दुई पटक अन्तरमहादेशीय विजेता, एक पटक संयुक्त राज्य विजेता, चार पटक ट्याग टिम विजेता (रोमन रेन्ज, डिन एम्ब्रोज र जेसन जोर्डन), एक पटक युनिभर्सल विजेता, २०१४ मनी इन द ब्याङ्क, २०१५ का उत्कृष्ट खेलाडी, २९औं ट्रिपल क्राउन विजेता र १८ औँ ग्र्यान्ड स्ल्याम विजेता बन्न सफल भएका थिए।
रोलिन्स डब्ल्युडब्ल्युईको विभिन्न वार्षिक कार्यक्रम र आवरण पृष्ठमा देखा परेका छन् जसमा रेसलमेनिया ३१ पनि समावेश छ। डब्ल्युडब्ल्युई र अन्य विभिन्न कुस्ती क्षेत्रका खेलाडी स्टिङले रोलिन्ससँग आफ्नो कार्यकालको अन्तिम खेल खेलेका थिए र उनले रोलिन्सलाई डब्ल्युडब्ल्युईकै सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा हेरेका छन्।[4]