श्रीपाली बस्नेत
बस्नेत काजीहरूको एक विभाजन / From Wikipedia, the free encyclopedia
श्रीपाली बस्नेत/सिरुपाले/सयपाली बस्नेत थर मध्यका विभाजित समुह हो । यिनीहरू, विशेष गरी गोरखाबाट नेपाल झरेका सिरुपालेहरु मष्टो देव छाडि कवँर राणाहरूको अनुशरण गर्दै, "शिशाकोटी महादेव", "वीरभद्र", "महाकाली" आदि कुलदेवता र इष्टदेवता अराध्यदेवी "दक्षिणकाली"को पुजा गर्ने गरेका छन्। अन्य दूरदराजकाहरु अझै मष्टो देवमा प्रगाढ विश्वास राखिरहेकै छन् । यिनीहरूको[भारद्वाज गोत्र]] रहेको छ ।[1]
नेपालको एकिकरणकालको समयमा महत्त्वपूर्ण योगदान दिएको यस परिवार जंगबहादुर राणाको उदय सम्ममा शक्तिशाली भारदारी परिवारको भूमिकामा थिए । जसरी ठूला शक्तिले ठूला जिम्मेवारी जन्माउँछ, त्यसरी ठूलो भारदारी परिवारको नाताले यस परिवारका विभिन्न व्यक्ति जस्तै शिवराम सिंह बस्न्यात, नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात, अभिमान सिंह बस्नेत, धोकलसिंह बस्न्यात, आदिले नेपाल एकीकरणको अभिभारा उठाए । त्यसैले नेपालको इतिहासमा अन्य बस्नेत झैं यस परिवारको पनि ठूलो महत्त्व रहेको छ ।