नेपाली मूलकाजी From Wikipedia, the free encyclopedia
अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए ।[१] कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।
श्री सेनाध्यक्ष अभिमान सिंह बस्न्यात | |
---|---|
नेपालको सेनापति | |
पूर्वाधिकारी | कालु पाँडे |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १८०१ गोरखा जिल्ला |
मृत्यु | वि. सं. १८५७ मोरङ जिल्ला |
अभिभावकs |
|
आफन्तहरू | नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल एकिकरण |
उनको जन्म सेनापति बडावीर शिवराम सिंह बस्न्यात र शूरप्रभा थापा बस्न्यातको तेस्रो पुत्रको रूपमा भयो । उनका दाजुहरू नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात हुन् ।
अभिमानसिंहलाई काला बन्जार क्षेत्र (हालको मोरङ र सुनसरी) क्षेत्र चढाईँ गर्न खटाइएको थियो । त्यहीँ ज्वरोको कारण उनको ५६ वर्षको उमेरमा वि.सं १८५७ मा निधन भयो । [२]
Seamless Wikipedia browsing. On steroids.