नेपाली दरबारिया तथा सेना कमाण्डर From Wikipedia, the free encyclopedia
रामकृष्ण कुँवर नेपाली सेनाका जनरल र सेनापति थिए। उनले गोरखाको लागि विभिन्न युद्ध लडेका छन्। उनका वंशजहरूले राणा शासन स्थापित गरे। उनका नाति काजी बालनरसिंह कुँवर हुन्।
सरदार रामकृष्ण कुँवर | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. गोरखा जिल्ला |
मृत्यु | वि. सं. १८२८ चैत ८ |
सन्तान(हरू) | रणजीत कुँवर |
अभिभावक |
|
आफन्तहरू | नाति बालनरसिंह कुँवर |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल एकिकरण |
उनलाई १८२८ भदौ १३ गते (इ. १७७१, २५ अगस्ट ) मा श्री ५ पृथ्वीनारायण शाहले पलाञ्चोकबाट पूर्वतर्फ विस्तार गर्न सेनापति बनाए। अमरसिंह थापालाई उनका नायब बनाएर २६०० सिपाही साथ पहाडैपहाड ओल्लो किरातबाट कूच गराए। त्यो नेपाली सेनाले दूधकोशी नदि तरी चौदण्डी दाखिल हुँदा त्रिलोचन र हरिनन्द उपाध्याय पोखरेलले ठूलो सहयोग गरे।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.