विष्णु पुराण
From Wikipedia, the free encyclopedia
श्रीपराशर ऋषिद्वारा प्रणीत यो पुराण अत्यन्त महत्त्वपूर्ण तथा प्राचीन हो। यसका प्रतिपाद्य भगवान विष्णु हुन्, जो सृष्टिका आदिकारण, नित्य, अक्षय, अव्यय तथा एकरस हुन्। यस पुराणमा आकाश आदि भूतहरूको परिमाण, समुद्र, सूर्य आदिको परिमाण, पर्वत, देवतादिको उत्पत्ति, मन्वन्तर, कल्प-विभाग, सम्पूर्ण धर्म एवं देवर्षि तथा राजर्षिहरूको चरित्रको विशद वर्णन छ। [1] भगवान विष्णु प्रधान हुनको पछि पनि यो पुराण विष्णु र शिवको अभिन्नताको प्रतिपादक हो। विष्णु पुराणमा मुख्य रूपले श्रीकृष्ण चरित्रको वर्णन छ यद्यपि संक्षेपमा राम कथाको उल्लेख पनि छ।
चित्र:श्रीविष्णुपुराण.gif | |
लेखक | वेदव्यास |
---|---|
मूल शीर्षक | विष्णुपुराण |
देश | भारत,नेपाल |
भाषा | संस्कृत |
संस्करण | पुराण |
विषय | विष्णु भक्ति |
प्रकार | हिन्दू धार्मिक ग्रन्थ |
पृष्ठ | २३,००० श्लोक |
अष्टादश महापुराणहरूमा श्रीविष्णुपुराणको स्थान ठूलो छ। यसमा अन्य विषयहरूका साथ भूगोल, ज्योतिष, कर्मकाण्ड, राजवंश र श्रीकृष्ण-चरित्र आदि धेरै प्रंसगहरूको वर्णन छ। भक्ति र ज्ञानको प्रशान्त धारा यसमा सर्वत्र नैं प्रच्छन्न रूपले बहेकोछ। यद्यपि यो पुराण विष्णुपरक हो र पनि भगवान शंकरको लागि यसमा कहीं पनि अनुदार भाव प्रकट गरिएको छैन। सम्पूर्ण ग्रन्थमा शिवजीको प्रसँग सम्भवतः श्रीकृ्ष्ण-बाणासुर-संग्राममा नैं आउँछ, वहाँ स्वयं भगवान् कृष्ण महादेवजीको साथ आफ्नो अभिन्नता प्रकट गर्दै श्रीमुखले भन्दछन्-
“ | त्वया यदभयं दत्तं तद्दत्तमखिलं मया। मत्तोऽविभिन्नमात्मानं द्रुष्टुमर्हसि शङ्कर।
योऽहं स त्वं जगच्चेदं सदेवासुरमानुषम्। मत्तो नान्यदशेषं यत्तत्त्वं ज्ञातुमिहार्हसि। अविद्यामोहितात्मानः पुरुषा भिन्नदर्शिनः। वन्दति भेदं पश्यन्ति चावयोरन्तरं हर॥ |
„ |