राम
From Wikipedia, the free encyclopedia
राम वा रामचन्द्र, (रामायण अनुसार) प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरू मध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ। उनको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना गरेका थिए । विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दुत्ववादिहरूको पनि आदर्श पुरुष हुन्।
राम | |
---|---|
देवनागरी | राम |
संस्कृत | राम: |
वर्ग: | देवता, विष्णुको अवतार |
वासस्थान: | अयोध्यापुरी |
मन्त्र: | जय श्री राम |
अश्त्र: | धनुष |
जीवनसाथी: | सीता |
राम, अयोध्यापुरीको राजा दशरथ र रानी कौशल्याको सबै भन्दा जेठो पुत्र थिए। रामकी पत्नीको नाम सीता थियो (जसलाई लक्ष्मीको अवतार मानिन्छ) र उनका तीन भाइ थिए: लक्ष्मण, भरत र शत्रुघ्न । हनुमान, रामको, सबैभन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरेका थिए । हिन्दू धर्मको कयौँ चाड पर्व, जस्तै दसैं र तिहार, रामको जीवन-कथासँग जोडिएका छन् ।