विष्णु
हिन्दू धर्मका आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। जसलाई यो संसा / From Wikipedia, the free encyclopedia
''मूलं हि विष्णोर्देवानाम्'' श्रीमद्भागवत महापुराण अनुसार हिन्दू धर्मका आराध्य देव भगवान बिष्णु जो सबै देवता का मूल हुनुहुन्छ। जसलाई यो संसारको पालन कर्ता मानिन्छ। जसको इच्छा द्वारा यो सृष्टि चलेको छ। हिन्दू धर्मका अनुसार सृष्टिकर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अङ्ग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो। भने भगवान विष्णुकी अर्धांगिनी धनकी देवी लक्ष्मी, भूदेवी र नीलादेवी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै गयो हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृद्धी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए। पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा भगवान विष्णुका २४ वटा अवतार मानिन्छन्। ति मध्ये दस मुख्य अवतार र बाँकीका सहायक अवतारको बर्णन गरिएको पाइन्छ।