दशरथ
From Wikipedia, the free encyclopedia
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
दशरथ वाल्मीकि रामायणका अनुसार अयोध्याका रघुवंशी (सूर्यवंशी) राजा थिए। त्यो इक्ष्वाकु कुलका थिए तथा प्रभु श्रीराम — जो विष्णुका अवतार थिए —का पिता थिए। दशरथका चरित्रमा आदर्श महाराजा, पुत्रहरूलाई प्रेम गर्ने पिता र आफ्ना वचनहरूका प्रति पूर्ण समर्पित व्यक्ति दर्शाइएको छ। उनका तीन पत्नीहरू थिए – कौशल्या, सुमित्रा तथा कैकेयी । अंगदेशका राजा रोमपाद वा चित्ररथको दत्तक पुत्री शान्ता महर्षि ऋष्यशृंगकी पत्नी थिइन्। एक प्रसङ्गअनुसार शान्ता दशरथ तथा कौशल्याकी जेष्ठ पुत्री थिइन् । सन्तानविहीन अङ्गदेशका राजा रोमपद र उनकी रानी वर्षिणीलाई धर्मपुत्रीका रूपमा दिइएको थियो। [1]