![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b1/LalBabuRaut.png/640px-LalBabuRaut.png&w=640&q=50)
लालबाबु राउत
मधेस प्रदेशकाे मुख्यमन्त्री / From Wikipedia, the free encyclopedia
लालबाबु राउत नेपालको मधेश प्रदेशको पहिलो मुख्यमन्त्री हुन्।[1] नेपालका सात सङ्घीय प्रदेशहरू मध्ये नेपालको मधेश प्रदेशबाट जनता समाजवादी पार्टी, नेपाल पार्टीबाट संसदीय दलका नेता समेत रहेका उनी नेपालको मुख्यमन्त्री बन्ने पहिलो र हालसम्मको एक मात्र मुस्लिम नेता हुन्।[2] गैरसरकारी संस्थाका रूपमा वि.सं. २०५७ सालमा फोरम स्थापना कालदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रूपमा सघाएका थिए।[3]
छरितो तथ्यहरू लालबाबु राउत, मधेश प्रदेशको पहिलो मुख्यमन्त्री ...
लालबाबु राउत | |
---|---|
![]() राउत | |
मधेश प्रदेशको पहिलो मुख्यमन्त्री | |
कार्यकाल वि.सं. २०७४ फागुन ३ – वि.सं. २०७९ असोज १ | |
राज्य प्रमुख | |
सहायक | राम सरोज यादव |
पूर्वाधिकारी | सरोज कुमार यादव |
निर्वाचन क्षेत्र | पर्सा १ (ख) |
मधेश प्रदेश सभा | |
पूर्वाधिकारी | पद सिर्जना |
व्यक्तिगत विवरण | |
जन्म | (1966-06-29) २९ जुन १९६६ (उमेर ५८) पर्सा जिल्ला, जगरनाथपुर |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
निवास | पर्सा जिल्ला |
बन्द गर्नुहोस्
पर्साका निवासी राउत पर्सा १ (ख)[4] बाट वि.सं. २०७४ मा प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए। यसभन्दा पहिले, उनी संविधान सभा सदस्यका रूपमा समेत निर्वाचित भएका थिए। वि.सं. २०७४ फागुन ३ मा मधेश प्रदेशका तत्कालिन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश प्रमुखको कार्यालय जनकपुरमा राउतलाई पद एवं गोपनीयताको शपथ दिलाएका थिए।